रोहित मच्छिन्द्रमा फर्किए

Rohit-Chandlकाठमाडौं : नेपालका चर्चित फुटबलर रोहित चन्द फेरि मच्छिन्द्र क्लबमै फर्किएका छन् । रोहितले यसअघि व्यवसाहिक फुटबल जीवनको सुरुआत पनि मच्छिन्द्रबाट गरेका थिए । अहिले इन्डोनेशियाली लिग सकिएका कारण रोहित खाली समयमा तीन महिनाका लागि क्लबमा आबद्ध भएका हुन् । उनलाई मच्छिन्द्रले प्रत्येक महिना एक लाख ५० हजार तिर्ने सहमति गरेको छ । मच्छिन्द्रसँगको सम्झौतासँगै रोहित नेपाली खेलकुदका सर्वाधिक महङा खेलाडी बनेका छन् । उनले फुसर्दको समय नेपालमा लिग खेल्ने योजना यसअघि नै रहेको बताए । ‘फेरि पनि म विदेशी क्लबबाटै खेल्ने प्रयास गर्नेछु । इन्डोनेसिया फर्कने संभावना व्यापक छ । तर, खाली समयमा कुनै न कुनै नेपाली क्लबबाट खेल्नुपर्ने आवश्यकता बोध भयो । त्यसैका लागि मच्छिद्र रोजेको हुँ ।’ रोहितको प्रतिक्रिया थियो । डिफेन्स र सेन्ट्रल मिडफिल्डमा समेत जम्न सक्ने रोहित गत सिजन इन्डोनेसियाको पर्सिजा जार्कातामा आबद्ध थिए ।

प्रतिक्रिया