नेपाल बाहिरियो

afc-19-footballकाठमाडौं, २३ असोज । एएफसी यु–१९ छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । प्रतियोगितामा नेपाललाई उज्वेकिस्तानले ५–० ले हराएको हो । लगातारको तेस्रो हारस‘गै नेपाली टिमको अन्तिम चरण खेल्ने संभावनामा पूर्णविराम लाग्यो ।

दोहास्थित अल अरबी रंगशालामा नेपाली टिममाथि बलियो उज्वेकिस्तान पूरै समय हाबी देखिएको थियो । लगातारको दोस्रो जीतपछि समूहमा ६ अंक बटुल्दै उज्वेकिस्तानले दोस्रो चरणमा पुग्ने संभावना बलियो बनाउ‘दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
यसअघि नेपाल पहिलो खेलमा तुर्केमिनिस्तानस‘ग २–१ र दोस्रो खेलमा भारतस‘ग १–० ले पराजित भएको थियो । समूहको अन्तिम खेलमा नेपालले अब बिहिबार कतारको सामना गर्नेछ ।

प्रतिक्रिया