सालकको ‘कत्ला’सहित एकजना पक्राउ

Salakचितवन, २२ असोज । चितवनको माडीबाट प्रहरीले दुर्लभ वन्यजन्तु सालकको ‘कत्ला’ (खपडा) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बन्यजन्तु संरक्षण संघ नेपालको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय माडीबाट खटिएका प्रहरी टोलीले आज (मंगलबार) सालकको कत्ला (खपडा) ७ किलोसहित अयोध्यापुरी–९, बाँदरझुलाका ४५ वर्षीय ईन्द्रबहादुर घलानलाई पक्राउ गरेको हो ।
घलानलाई अयोध्यापुरी–७, कृष्णनगरमा कत्लासहित पक्राउ गरे पछि कारवाहीका लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय, कसरा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया