एएफसी यू–१६ आजबाट

Nepali-Teamकाठमाडौं, ९ असोज । एएफसी यू–१६ च्याम्पियनसिप–२०१४ अन्तर्गत समूह ‘सी’का छनोट खेलहरू आजबाट सुरु हुँदै छन् । दशरथ रंगशालामा हुने प्रतियोगिताको सुरुआती खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको समूह चरण जित्दै अन्तिम चरण खेल्ने लक्ष्य बनाएको नेपालका लागि बहराइन कठिन प्रतिद्वन्द्वी हो । तर, घरेलु मैदानमै साफ यू–१६ को फाइनल खेलेका कारण नेपाली टिम उत्साहित छ । नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘उमेर समूहमा नेपाली खेलाडी पनि कमजोर छैनन् । त्यसैले हामी कसैसँग डराएका छैनाँै ।’ नेपालले प्रतियोगिताको दोस्रो खेलमा इराक र अन्तिम खेलमा तुर्केमिनिस्तानको सामना गर्नेछ । भर्खरै मात्र साफ च्याम्पियनसिपमा गोल गरेका युवा फुटबलर विमल घर्तिमगरको कप्तानीमा नेपाली टिम उत्रनेछ । घर्तिमगर नै नेपाली टिमको अग्रपंक्तिका मुख्य हतियार हुन् ।

नेपाली टिम
गोलकिपर–रोमन रसाइली, प्रवीन श्रेष्ठ, श्रीजन श्रेष्ठ डिफेन्डर–आकाश थापा, अनन्त तामाङ, अमृत तामाङ, दिनेश राजवंशी, रूपेश तामाङ, सुजन थापा, छिरिङ गुरुङ, गौरव बुढाथोकी मिडफिल्डर – अनिल राई, किरण सुनार, विकास थापा, रवि भन्डारी, ललित थापा, निशान्त ढुंगाना, जनोममान लिगल, हेमन्त थापामगर फरवार्ड–विमल घर्तीमगर (कप्तान), अन्जन बिष्ट, शिव सुवेदी, सुनिल बल

प्रतिक्रिया