माओवादी चोइटिएर नेकपा-माओवादी(बिद्रोही)

Mahendra Paswanकाठमाडौं, ८ असोज । जातीय मुद्दालाई ध्यान नदिएको भन्दै नेकपा–माओवादीका दुई केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । सदस्यद्वय महेन्द्र पासवान र धिरज पटेलसहितका नेता तथा कार्यकर्ताले आज (मंगलबार) मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी परित्यागको घोषणा गरेका हुन् ।
अघिल्लो संविधानसभामा सिराहा क्षेत्र नम्बर–५ बाट सभासद रहेका पासवानले आफूहरुका मुद्दा सम्बोधन गर्ने दलमा सहभागी हुने जनाए । ‘हाम्रा माग जस्ले सम्बोधन गर्छ त्यसै दलमा प्रवेश गर्ने छौं,’ पासवानले भने, ‘नेकपा–माओवादी (विद्रोही) पार्टी पनि गठन गर्ने तयारीमा छौं ।’
पासवान र पटेलले आफूसहितका नेताहरुले साधारण सदस्य समेत नरहने गरेर नेकपा–माओवादीलाई राजीनामा बुझाई सकेको बताए ।
‘पार्टी विभाजनले पुष्टी भएन,’ पासवानले भने, ‘बर्गीय र जातीय मुद्दालाई छोडेर नेकपा–माओवादी हिँडेको छ ।’
उनले दरबारीय र संघीयता विरोधी शक्तिसँग मिलेर नेकपा–माओवादीले मधेसलाई भूलेको आरोप लगाए । पासवान र पटेलसहितको टोलि एमाओवादीमा प्रवेश गर्न सक्ने स्रोतका भनाई छ ।

प्रतिक्रिया