सिभिक बैंकमा ३७ प्रतिशत बढि रेमिट

काठमाडौं : सिभिक डेभलपमेण्ट बैंकले ०७० भाद्र महिनामा गत महिनाभन्दा ३७ प्रतिशत बढि रेमिट भित्र्याएको छ । धादिङ जिल्लामा मात्र कार्य क्षेत्र भएको यस बैंकले जिल्लाबाट रोजगारीका लागि बिभिन्न देशमा गएका नेपाली नागरीकहरुले आफ्नो परिवारका नाममा पठाएको रकम सर्व सुलभ तरिकाबाट प्रदान गर्दै आएको छ । बैंकले जिल्लाको नीलकण्ठ गा.बि.स.मा दुई वटा कार्यालय र बैरनी, आदमघाट तथा आरुघाट शाखाबाट रेमिट सुविधा प्रदान गर्दै आई रहेको छ । यस बैंकले आई.एम.ई., प्रमु, वेष्टर्न युनियन, नबिल, सिद्धार्थ, रिलायबल, मेघा, सिटी एक्सप्रेस, सुलभ रेमिटसंग सहकार्य गरी रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको छ । ०७० बैशाखमा ६ सय ३५ जनाबाट २ करोड ८६ लाख ८३ हजार रेमिट भित्र्याएकोमा जेठमा ८ सय ३४ जनाबाट ३ करोड ४६ लाख ६९ हजार भित्र्याएको थियो ।
त्यसैगरी नै असारमा ६ सय १२ जनाबाट २ करोड ६९ लाख ११ हजार र साउनमा ५ सय ८३ जनाबाट ३ करोड १२ लाख १० हजार भित्र्याएको थियो भने भाद्रमा ९ सय २० जनाबाट ४ करोड २७ लाख ५५ हजार भित्र्याएको बैंकले जनाएको छ ।

प्रतिक्रिया