काठमाडौंलाई पुरुष टिम उपाधि

judo-team-champ[1]काठमाडौं । १२औँ राष्ट्रिय जुडो प्रतियोगिताको पुरुषमा काठमाडांै तथा महिलामा नेपाल पुलिस पहिलो भएको छ । अन्तिम दिन भएको टिम स्पर्धामा पनि पुरुषमा काठमाडौं र महिलामा पुलिस क्लब भएको  छ । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आइतबार भएको प्रतिस्पर्धामा सरोज महर्जन, रमेश मगर, मोहन सुनार, दीपककृष्ण श्रेष्ठ र सन्जय महर्जन सम्मिलित टिमले काठमाडांैलाई प्रतियोगिताको छैटाँै स्वर्ण दिलाएका हुन् ।
प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले दोस्रो स्थान हात पार्दा नेपाल आर्मी क्लबले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
उता टिम इभेन्ट्सको स्वर्ण जित्ने पुलिसको टिममा सीता चौधरी, राधादेवी राई, सुशीला अधिकारी, प्रमिला खड्का र इन्दिरा राईले प्रतिस्पर्धा गरेका थिए । महिला टिम इभेन्ट्समा काठमाडांैले दोस्रो स्थान हात पर्‍यो भने बाँके तेस्रो भयो ।
प्रतियोगिताको पुरुषतर्फको उत्कृष्ट खेलाडी ७३ केजीमुनिका नेपाल पुलिस क्लबका प्रकाश नेपाली घोषित भए । महिलतर्फ ४८ केजीमुनिकी खेलाडी नेपाली आर्मीकी लीला अधिकारी उत्कृष्ट ठहरिन् ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा ललितपुरका खेलाडी दिवाकर बस्नेत इप्पोनमा उत्कृष्ट भए । महिलामा उक्त उपाधि पुलिस क्लबकी सुशीला अधिकारीले जितिन् । उत्कृष्ट घोषित भएका चारै खेलाडीले जनही एक/एक  हजार रुपियाँ  पुरस्कार हात पारे । सोही अवसरमा नेपाली जुडोमा अद्वितीय योगदान पुर्‍याएका दीपकहर्ष बज्राचाय्र्रलाई सम्मान गरियो ।
तीन दिने प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र १ कांस्य गरि कुल ११ पदक जित्दै काठमाडौंले पहिलो स्थान कब्जा गर्न सफल भएको हो  । दोस्रो स्थान हात पारेको नेपाल पुलिस क्लबले ५ स्वर्ण, २ रजत र २ कांस्य गरी ९ पदक जित्यो । नेपाल आर्मीले २ स्वर्ण, ३ रजत र ३ कास्य गरि ८ पदक जित्दै तेस्रो स्थानमा रहन सफल भयो ।  नेपाल जुडो संघद्वारा आयोजित तीनदिने प्रतियोगितामा १७ जिल्ला, तीन विभागीय टोली प्रहरी, एपिएफ र नेपाली सेनाका एक सय ५६ खेलाडी सहभागिता जनाएका थिए । जसमा ९३ पुरुष र ६३ महिला छन् । १४ व्यक्तिगत र दुई टिम गरी कुल १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पहिलो भएको कामठाडौं प्रशिक्षक  चन्द्र डंगोलले सबै खेलाडीको मिहेनत र प्रशिक्षणका कारण यो उपलब्धि सम्भव भएको बताए ।

प्रतिक्रिया