‘राजनीति’ र ‘ढुवानी’को राम्रो सुरुआत

Dhuwani Nepali Movies 1काठमाडौं, २९ भदौ । शुक्रबारदेखि प्रदर्शनमा आएका दुई चलचित्र  ‘राजनीति’ र ‘ढुवानी’ ले राम्रो सुरुआत गरेका छन् ।
राजधानीसहित देशभरका हलमा एक साथ प्रदर्शनमा आएको चलचित्र राजनीतिले पहिलो दिन दर्शकको उत्साहजनक साथ पाएको छ । पछिल्ला दिनमा एकाध चलचित्रबाहेक अधिकांश  चलचित्रको व्यापार न्यून रहेका बेला प्रदर्शनमा आएको चलचित्र राजनीतिलाई भने दर्शकले मन पराएको निर्देशक वसन्त निरौलाले जानकारी गराए । महानायक राजेश हमाल र चर्चित गायिका कोमल वलीको प्रमुख अभिनय रहेको चलचित्र राजनीतिमा वर्तमान राजनीतिक अवस्थालाई मुख्य विषयवस्तु बनाइएको छ । राजधानीका विश्वज्योति, गोपीकृष्ण, गुण, ललित, अष्टनारायण, गंगा, आराधाना, हिरारत्न, बाराही, कलंकी, पृथ्वी, कमल विनायक, नवदुर्गासहित मोफसलका अधिकांश हलमा फिल्म प्रदर्शन भइरहेको छ । राजनीति दीपक सुवेदीले निर्माण गरेका हुन् ।
शुक्रबारै प्रदर्शनमा आएको अर्को चलचित्र ढुवानीले पनि दर्शकको माया पाएको छ । काठमाडांैका Rajniti-Nepali-Moviक्युएफएक्स, एफक्युब, विग मुभिज, गोपी, अष्टनारायण, गुणसहित अन्य चलचित्रमा प्रदर्शनमा रहेको ढुवानी हेर्न दर्शकको भीड लागेको निर्देशक पीताम्वर पाण्डे जनाए । ढुवानीमा किशोर खतिवडा, प्रवीण खतिवडा, धिरेन्द्रराज थापा, सगुन शाही, अनुजा गायकलगायतको मुख्य अभिनय छ । कविता श्रेष्ठले निर्माण गरेको चलचित्र ढुवानीमा महिला बेचविखनलाई प्रमुख विषयवस्तु बनाइएको छ । प्रदर्शनको पहिलो दिन नै नेकपा माओवादीसहित ३३ दलीय मोर्चाले गरेको मध्य तथा सुदूरपश्चिम बन्दको मारमा यी दुई फिल्म परेका छन् ।
यता राम्रो व्यापार गरिरहेको चलचित्र होस्टल प्रदर्शनको तेश्रो साता प्रवेश गरेको छ । होस्टेलको व्यापारले निरन्तर ओरालो लागिरहेको नेपाली चलचित्रमा उत्साह ल्याएको छ । यो फिल्म करोड नाघ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया