लोक गायक तिर्थबहादुर गन्धर्वको निधन

Trithabahadur-Gandharvकाठमाडौं, २८ भदौ । वरिष्ठ लोक गायक तिर्थबहादुर गन्धर्वको निधन भएको छ ।
बिहीबार मध्यराति काठमाडौंको छाउनीस्थित वीरेनद्र सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएका छन् । गन्धर्वको निधन हृदयघातका कारण मृत्यू भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।
गायक गन्धर्व लामो समय रेडियो नेपालमा कार्यरत थिए । उनी दुई वर्ष अघि मात्रै अवकास पाएका हुन् । गन्धर्व लामो समय अस्वस्थ्य थिए । गन्धर्वको जन्म २०१० सालमा तनहुँ जिल्लाको चोक चिसापानमा भएको थियो ।
वरिष्ठ गायक गन्धर्वले ‘बल्ल पर्‍यो माकुरी जालैमा….’ बोलको लोकप्रिय गीत गाएका थिए । उनका दर्जनौं गीत अहिले पनि उत्तिकै चर्चित छन् ।

प्रतिक्रिया