छुरा प्रहारबाट २ जना गम्भीर घाइते

बाजुरा, ८ भदौं । बाजुरा जिल्लामा छुरा प्रहारबाट दुई जना गम्भीर घाईते भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने पाण्डुसैजनमा छुरा प्रहारबाट २ युवा घाइते भएका हुन् ।
घाइते हुनेमा पाण्डुसैन–४, खड्कावाडाका राजबहादुर शाही र गजेन्द्र दानी रहेको प्रहरीले जनाएको छ । घाईते दुबैको पेटमा छुरा लागेको छ ।
उनीहरुलाई सोही गाविसका विर्ख कार्की र रामचन्द्र दानीले बिहीबार राति छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते दुबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ । छुरा प्रहार पछि दुबै जना फरार छन् ।

प्रतिक्रिया