दोलखामा उच्च हिमाली परियोजनाको प्रचार

dolkhaदोलखा, १५ साउन । एशियाली विकास बैंकको अनुदानमा नेपाल सरकारले सञ्चालन गरेको हिमाली परियोजनामा व्यवसाय योजना प्रस्ताव पत्र पेश भएपछि दोलखामा परियोजनाको बारेमा प्रचार प्रसार तिब्र पारिने भएको छ ।
नेपालका उच्च पहाडी जिल्लाहरुमा कृषि वाली पशुपालन र जडिबुटी उत्पादनको प्रचुर सम्भावना भएकाले जसको उत्पादन र मूल्य श्रृखला विकास गरी स्थानीय वासिन्दाको आयआर्जन बढाउने र जीविकोपार्जनमा सुधार ल्याउन आयोजना सञ्चालनमा ल्याइएको हो ।
आयोजना मार्फत उच्च पहाडमा कृषि वाली, पुशपालन र गैरकाष्ठ वन पैदावर सँग सम्वन्धित व्यवसाय सञ्चालनका लागि प्रतिस्पर्धाका आधारमा अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।
कृषक समूह, समिति, सहकारी वा कानूनी रुपमा स्थापना भएका फर्म वा कप्पनीहरुले अनुदान माग गर्दै प्रस्ताव पेश गर्न पाउने भएता पनि दोलखामा न्यून मात्रामा प्रस्तावहरु पेश भएको जिल्ला आयोजना सम्वन्यकर्ताको भूमिका निर्वाह गर्दै आएको जिल्ला पशु सेवा कार्यालय दोलखाका डाक्टर रामचन्द्र सापकोटाले बताए ।
सापकोटाका अनुसार हालसम्म दोलखाबाट ३० वटा प्रस्ताव पत्र पेश भएको र पाँच वटा प्रस्ताव पत्र स्वीकृत भई अनुदान प्राप्त भईसकेको छ ।

प्रतिक्रिया