टि–ट्वेन्टी क्रिकेटको उपाधि पाकिस्तानलाई

Pak Cricketवेष्ट इण्डिज । वेष्ट इण्डिजमा सम्पन्न टि–ट्वेन्टी क्रिकेटको उपाधि पाकिस्तानले जितको छ । दुई खेलको श्रृंखलामा वेष्ट इण्डिजबिरुद्ध २-० को अग्रता बनाउँदै पाकिस्तानले उपाधिमा आफ्नो नाम लेखाएको हो । किङ्गस टाउनमा भएको दोस्रो खेलमा पाकिस्तानले घरेलु टोलीलाई ११ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाएको थियो । विजेता टोलीका उमर अकमलले अविजित ४६ रन बनाए भने ४४ रन अहमद शेहजादले जोडे ।

वेष्ट इण्डिजका सुनिल नारायनले ३ विकेट लिए । जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ९ विकेटको नोक्सानीमा १ सय २४ रन बनाएपछि पाकिस्तान भाग्यमानी बनेको हो । क्यारेबियाई टोलीका ड्वाएन ब्राभोले सर्वाधिक ३५ रन बनाए ।

पाकिस्तानका सोहिल तन्भिर, जुल्फिकर बाबर र शहिद अजमलले २÷२ विकेट लिए । यसअघि सम्पन्न ५ खेलको एक दिवसिय श्रृंखलामा पनि ३÷१ को जित दर्ता गराउँदै पाकिस्तानले उपाधिमा कब्जा जमाएको थियो । (एजेन्सी)

प्रतिक्रिया