राजनीतिक र आर्थिक परिवर्तन आवश्यक

Jn-newकाठमाडौं, १२ साउन । एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको दोस्रो निर्वाचनपछि आर्थिक र सामाजिक रुपान्तरण हुने बताएका छन् ।
राजधानीमा आज (शनिबार) आयोजित कार्यक्रममा अध्यक्ष खनालले राजनीतिक संक्रमणले मुलुकलाई आर्थिक क्षेत्रमा असर पुर्‍याएको बताए । ‘निर्वाचन पछि मुलुकले आर्थिक उन्नतीमा बृद्धि गर्छ,’ खनालले भने, ‘राजनीतिका साथै मुलुकलाई आर्थिक र सामाजिक परिवर्तनको खाँचो रहेको बताए ।
खनालले संविधानसभाबाट निर्माण हुने संविधानले देशमा आमूल परिवर्तनको ढोका खोल्ने दावी गरे ।
उपाध्यक्ष वामदेव गौतमले सहकारीका माध्यमबाट उत्पादनमूलक अभियान शुरु गरेर विदेशमा रहेका युवा र बेरोजगारलाई स्वदेशमै रोजगारीको व्यवस्था गरिने बताए ।

प्रतिक्रिया