वन रक्षक र तस्करवीच गोली हानाहान

kath-taskari-(3)रौतहट, ११ साउन । रौतहट जिल्लाको विश्रामपुरमा वन रक्षक र काठ तस्करवीच गोली हानाहान भएको छ ।
विश्रामपुरको वलेरी रेञ्जपोष्ट अन्तर्गतको जंगलमा आज (शुक्रबार) विहान सर्लाहीबाट हतियारसहित प्रवेश गरेका तस्करहरुले वन रक्षको टोली माथि अन्धाधुन्द गोली प्रहार गरेको वन अधिकृत बाबुराम भण्डारीले जानकारी दिए ।
वन रक्षकको टोलीले पनि जवाफी फायरिङ शुरु गरेपछि तस्करहरु फरार भएका थिए । तस्करले ७ र वन रक्षकद्वारा ६ राउण्ड गोली फायरिङ भएको थियो ।
गोली हानाहान भएपनि मानवीय क्षति भएको छैन । करीव १० जानको समूहमा रहेका तस्करले काठ छाडेर वागमतीको किनार हुँदै भागेका छन् । सो स्थानबाट १० क्युफिट बराबरको ७ थान गोलिया बरामद भएको जिल्ला वन कार्यलय चन्द्रनिगाहपुरका अधिकृत भण्डारीले वताए ।
यसैबीच, कनकपुरवाट काठ तस्कर पक्राउ परेका छन् । कनकपुर–६ का शेख मौलादलाई ६ क्यूफिट गोलियासहित पक्राउ गरेको वन कार्यलय रौतहटले जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया