उदयपुरमा बस दुर्घट्ना/२८ यात्रु घाईते

Udayapur Districtउदयपुर, १० साउन । गाईघाट नेपालटार सडक खण्ड अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–११, मोहनपुरमा आज (विहीवार) मध्यान्ह यात्रुवाहाक बस दुर्घटनाहुदा २८ यात्रु घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ ।
नेपालटारबाट गाईघाट तर्फ आउदै गरेको स १ ख ३९४ नम्बरको पञ्चावती यातायात वस सडकमा रहेको खाल्डोलाई जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउको खेतमा पल्टिएको हो ।
दुर्घटनामा डुम्रे ६ का ४६ बर्षीय मानबहादुर तामाङ, त्रिनपा– १३ का ३० बर्षीय कृष्ण खड्का, खैजनपुरका ४८ बर्षीय रामप्रसाद पोखरेल, दैलेख घर भई भवानी दल गण बोक्सेमा कार्यरत २८ बर्षीय सैनिक जवान प्रेम विष्टलगायतका यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया