प्रहरीद्वारा फरार १५ अपराधी पक्राउ

dhankutaधनकुटा, ११ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटाले गएको आर्थिक वर्षमा विभिन्न घटनामा संलग्न भई फरार १५ अपराधीलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
गएको आर्थिक वर्ष २०६९/०७० मा प्रहरीले फरार अपराधीहरु मध्ये १४ जना पुरुष सहित १ महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका निरीक्षक वासुदेव चौधरीले वताए ।
चौधरीका अनुसार अदालतवाट कैद जरिवाना तोकी फरार भएका १५ जना अपराधीहरुलाई धनकुटा नगरपालिकाका साथै ग्रामिण क्षेत्रवाट पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरुमा कर्तव्य ज्यान अन्र्तगत ४ पुरुष र १ महिला, जवरजस्ती करणीमा २ जना, जवरजस्ती करणी उद्योगमा १ जना रहेका छन् ।
त्यस्तै चोरीमा ३ जना, लागूऔषधमा २ जना, आगालागीको घटनाका १ जना र जालसााज किर्तेमा १ जना रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यसैगरी, जालसााज अन्र्तगत किर्ते गर्नेलाई १ लाख २२ हजार ७ सय रुपैया सम्म जरिवाना गरिएको छ । आर्थिक वर्ष २०६८/०६९ मा फरार भएका ६ जना अपराधी पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सफल भएको थियो भने आर्थिक वर्ष २०६९/७० मा अघिल्लो वर्षको तुलनामा दोब्वर भन्दा वढि अपराधी पक्राउ गर्न सफल भएको ईस्पेकटर चौधरीले जानकारी दिए ।

प्रतिक्रिया