सिरहा, १० साउन । सिरहा जिल्लास्थित भन्सार कार्यालयले आर्थिक वर्ष २०६८/०७० मा लक्ष्यभन्दा सातप्रतिशत बढि राजश्व असुली गरेको छ ।
कार्यालयले एलबेस्टर, सिमेन्ट बनाउने कच्चापदार्थ, लुगाफाटा, विद्युतीय सामग्री, हार्डवेयरलगायतका सामाग्रीहरु आयातगर्ने गरेको छ । यस बर्ष १२ करोड ५९ लाख लक्ष्य भन्दा १२ करोड ८९ लाखमात्र राजश्व असुली गरेको भन्सार कार्यालयका निमित्त प्रमुख चेतनाथ खनालले जानकारी दिए ।
गतवर्ष चोरी निकासीमा कडाई हुँदादुई सय पचासीप्रतिशत बढि राजश्व असुली भएको थियो ।
सिरहामा ६ वटा छोटी भन्सार कार्यालय रहे पनि असुरक्षाका कारण दुई वटा ठाडी र बरियारपट्टी मात्र सञ्चालनमा छन् ।
अन्य चार वटा भन्सार औरही, झान्झपट्टी, नरगी, लगडी गदियानीमा सशस्त्र सुरक्षा बेस क्याम्प रहेपनि प्रहरीले व्यापारीसँग आर्थिक लेनदेन गरी राजश्व छली गरी सामानहरु पठाएको कारण यसवर्ष राजश्व असुलीमा कमीआएको कार्यालय स्रोतले जनाएको छ ।
गतवर्ष तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद विडारीले सुरक्षा कडा पारेपछि ४ करोड ५२ लाख लक्ष्य मध्ये दुईसय पच्चासी प्रतिशत अर्थात् १२ करोड ९० लाख राजश्व असुली भएको थियो ।
प्रतिक्रिया