पहिरोमा पुरिएर एकजनाको मृत्यु

Palpa Districtपाल्पा, ९ साउन । पाल्पामा पहिरोमा पुरिएर एकजनाको मृत्यू भएको छ भने अर्का एकजना घाईते भएका छन् ।
मृत्यू हुनेमा खानीगाउँ–६ का ४६ वर्षीय डिलाराम भुसाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सोही ठाउँका ५० वर्षीया मेनुका शर्मा घाईते भएकी छन् ।
खेतमा पानी लैजान कुलो सोर्ने क्रममा आज (बुधबार) विहान करीव ९ वजे खानीगाउँ–६ र यम्घा–६ को बिचमा पर्ने गौदी खोलामा माथिबाट खसेको पहिरोले उनीहरुलाई पुरेको थियो ।
पहिरोमा पुरिएका भसालको घट्ना स्थलमै मृत्यू भएको थियो । गम्भीर घाईते शर्माको मिशन अस्पताल तानसेनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएका उनीहरुलाई दैलातुङ्ग खेतमा गएका गाउँलेहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रतिक्रिया