नेताहरुका अभिव्यक्तिबाट राष्ट्रपति रुष्ट

Rastapati-Bhawan-n-Officeकाठमाडौं, ८ साउन । राष्ट्रपति डा.रामवरण यादव र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (मंगलबार) भएको भेटमा संविधानसभा निर्वाचन र तयारीका बारेमा छलफल भएको हो । उनले निर्वाचनको तयारीका लागि आन्दोलनरत दलहरुसँग परामर्श गर्न प्रमुख चार राजनीतिक शक्तिसँग आग्रह गरे ।
भेट पछि पत्रकारसँग कुरागर्दै वरिष्ठ नेता नेपालले राजसंस्था फर्कन सक्ने गरी भइरहेका पछिल्ला राजनीतिक कृयाकलापप्रति राष्ट्रपतिले चिन्ता जनाएको जानकारी दिए । ‘नेताहरुको अभिव्यक्ति र राजसंस्थाका पक्षमा आएका अभिब्यक्तिले राष्ट्रपति चिन्तित भएको पाएँ,’ उनले भने ।
राष्ट्रपति डा.यादवले मंसिर–४ को निर्वाचन कुनै हालतमा गर्नुपर्ने भन्दै त्यसका पक्षमा दृढताका साथ लाग्न आग्रह गरे ।
यसैबीच, बुधबार वरिष्ठ नेता नेपाल भारत जाँदै छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणमा नेता नेपाल नयाँ दिल्ली जान लागेका हुन् ।

प्रतिक्रिया