घरेलु टोली इङ्गल्याण्ड विजयी

Cricket Londonलन्डन । एसेस टेष्ट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली इङ्गल्याण्ड विजयी भएको छ । लन्डनस्थित लडर्समा इङ्गल्याण्डले अष्टेलियालाई ३ सय ४७ रनले हराएको हो । ५ सय ८३ रनको लक्ष्य पछ्याएको अष्टेलियाले २ सय ३५ रनमा सबै विकेट गुमाएपछि नतिजा इङ्गल्याण्डको पक्षमा गएको हो ।

दोस्रो इनिङ्गमा कङगारु टोलीका उस्मान ख्वाजाले ५४ रन बनाए भने विजेता टोली इङ्गल्याण्डका ग्राम स्वानले ४ विकेट लिए । पहिलो इनिङ्गमा ३ सय ६१ रन बनाएको इङ्गल्याण्डले दोस्रो इनिङ्गमा ७ विकेटको नोक्सानीमा ३ सय ४९ बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।

अष्टेलियाले भने पहिलो इनिङ्गमा निरिह प्रदर्शन गर्दै १ सय २८ रन मात्र बटुलेको थियो । यसअघि भएको टेष्टमा पनि जित दर्ता गराएको इङ्गल्याण्डले ५ खेलको श्रृंखलामा २-० को अग्रता बनाएको छ । एजेन्सी

प्रतिक्रिया