भारतीय विदेशमन्त्री खुर्सिद बुधबार आउने

Salman Kursid Indianकाठमाडौं, २१ असार । भारतीय विदेशमन्त्री सलमान खुर्सिद असार अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् ।
उनी असार–२६ गते नेपाल भ्रमणका लागि आउन लागेको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ । सुरक्षा चासो र दुई पक्षीय सम्बन्धका बारेमा भ्रमणका बेला परामर्श हुने छ ।
काठमाडौं बसाईका क्रममा विदेशमन्त्री खुर्सिदले राष्ट्रपति डा.रामवरण यादव, अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरे र प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा नेपाल प्रहरीको काभ्रेको पनौतीमा निमार्ण हुने भनिएको प्रशिक्षण प्रतिष्ठानको सहमति पत्रमा हस्ताक्षर हुने छ । भारतले प्रतिष्ठान निर्माणमा सहयोग गर्ने जनाईसकेको छ ।
नेपालको पछिल्लो राजनीतिक अवस्था नजिकबाट नियाल्दै आएको भारतले आफ्नो विदेशमन्त्री खुर्सिदलाई काठमाडौं पठाउन लागेको छ । भ्रमणका क्रममा संविधानसभा निर्वाचन र सहयोग सामाग्रीका बारेमा पनि छलफल हुने छ ।

प्रतिक्रिया