दयालु ‘राई ईज किङ’

Rajesj-Payal-Raiकाठमाडौं । गायक राजेशपायल राइले हिंसा पीडित महिला र बाढी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
गायक राईले राजधानीमा पत्रकार सम्मेलन गरेर हिंसा पीडित महिलाहरुको क्षेत्रमा कार्यरत संस्था ‘रक्षा नेपाल’लाई २५ हजार नगद सहयोग गरेका हुन् । रकम सो संस्थाकी अध्यक्ष मेनुका थापाले बुझेकी छन् ।
गायक राईले ‘हेल्थ नेपाल’ मार्फत बाढी पीडितहरुलाई पनि २५ हजार नगद सहयोग गरेका छन् । राम्रो स्वरका धनी गायक राईले समाज सेवामा आफ्नो कमाईको केही रकम खर्चन लागेको जानकारी समेत गराएका छन् ।
पत्रकार सम्मेलनमा नमस्ते ब्याण्ड, अरुण थापा संगीत पुरस्कारको पनि घोषण गरिएको थियो । इश्वर गुरुङ र प्रकाश रानामगरले २ लाख बराबरको अक्षयकोष स्थापना गरेर सो पुरस्कार स्थापना गरिदिएका हुन् ।
प्रत्येक वर्ष गायक, गायिका र गीतकार मध्येबाट एकजनालाई पचास हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया