आमा घरद्वारा कुँवर सम्मानित

Sammanitस्विट्जरल्यान्डको लाउसेनमा भएको चौथो डब्लुटिएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका कांस्य विजेता नेपाली खेलाडी यादव कुँवर आइतबार सम्मानित भएका छन् । मीनभवनस्थित द्वन्द्व पीडित बालबालिकाको संरक्षण गर्ने संस्था आमा घरले कुँवरलाई सम्मान गरेको हो । च्याम्पियनसिपमा प्रशिक्षकको भूमिका निर्वाह गरेका जनार्जन केसीलाई पनि सम्मान गरियो ।
संस्थाकी अध्यक्ष दिलशोभा श्रेष्ठले दुवैलाई खादा तथा फूलमाला लगाइ सम्मान गरिन् । सो अवसरमा आमा घरमा तेक्वान्दो प्रशिक्षणमा रहेका खेलाडीलाई तेक्वान्दो पोशाक प्रदान गरिएको थियो । दक्षिण कोरियामा होटल व्यवसायी गर्ने यशोदा श्रेष्ठले उपलब्ध गराएको २४ थान पोसाक ओलम्पियन संगीना वैद्यले सम्बन्धितलाई हस्तान्तरण गरिन् । त्यस्तै प्रशिक्षक केसीले आमा घरलाई सहयोग स्वरूप १० बोरा चामल प्रदान गरे ।

प्रतिक्रिया