कतारमा एक नेपाली कामदारको मृत्यू

Quatar

उदयपुर, ८ असार । वैदेशिक रोजगारीका लागि कतार पुगेका उदयपुर रौता–९, सुकौराका एकयुवकको मृत्यू भएको छ ।
२६ बर्षीय खिलबहादुर थापामगरको शुक्रबार राति मृत्यू भएको हो । कामको खोजीमा छ बर्ष अघि उनी कतार गएका थिए । मगर सुतेकै स्थानमा मृत फेला परेका हुन् ।
उनका साथी ईश्वर मगरका अनुसार सँगै सुतेको अवस्थामा मगरको मृत्यू भएको थियो । मगरको मृत्यूको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया