११ विद्यार्थी दीक्षित

धनकुटा : हिमालयन बाइबल ट्रेनिङ सेन्टर धनकुटामा अध्यायन गरिरहेका ११ जना विद्यार्थी सोमबार दीक्षित भएका छन् । सातौँ दीक्षान्त समारोहको आयोजना गरी पाँच महिने आवाशीय अगुवापन तालिमबाट ११ जना विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षान्त समारोहमा धनकुटाका साहायक सिडियो गणेशप्रसाद भट्टाराईले दीक्षित विधार्थीलाई बधाई दिँदै धर्मले मानिसलाई अनुशासित बनाउने भएकोले सबै धर्म संस्कृतिको सम्मान र संरक्षण गनुपर्ने बताए । उनले धर्मले मानिसलाई सही बाटोमा डोर्‍याउने भएकोले जुनसुकै धर्म जो कसैले मान्न पाउने स्वतन्त्रता रहेको बताए । सो अवसरमा सिइरेनी चर्च ओख्रे धनकुटाका आशिषदीप मगर, धनकुटा बप्तिस चर्चका पृथ्वीवहादुर थापा, इभान्जेलिकन फ्रेन्डस् चर्चका वुद्धवीर तामाङ, जीवनमार्ग मन्डली रामेछापका बेबी थापा मगर, बेथलेहेम चर्च धनकुटाका यमुना दर्लामी, स्वतन्त्र चर्च सुनसरीका राधाकुमारी राई, इसाई जागृति चर्च धनकुटाका सरिता आले मगर, मन्डली तेह्रथुमका सविना राई, जीवनको मार्ग चर्च ओखलढुंगाका सिर्जना मगर, याङनाम बप्तिस चर्च पाँचथरका सुनमाया लोहार र मसिही एक्लेशिया विराटनगरका संगीता श्रेष्ठ दीक्षित भएका छन् । कार्यक्रममा बाइबलको विभिन्न विधामा उत्कृष्टहरूलाई अवार्डसमेत वितरण गरिएको हिमालयन बाइबल ट्रेनिङ सेन्टर धनकुटाका प्रिन्सिपल पाष्टर सरोज मग्रातीले बताए । (सौस)

प्रतिक्रिया