जड्याहाको आक्रमणमा घाइते

गुल्मी : गुल्मी जुभुङका एक व्यक्तिले मदिराले मातेपछि तीन छिमेकीलाई आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । जुभुङ–३ का कृष्णबहादुर थापाले आइतबार साँझ मदिराले मातेर तीन जनालाई पालैपालो कुटो र हसीया प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
जड्याहा थापाको कुटाइबाट जुभुङ–२ का ६३ वर्षीय पार्वतादेवी बलाल, उनका छोरा ३६ वर्षका डम्मर र छिमेकी ५६ वर्षीय मीना घर्ती घाइते भएका हुन् । घाइतेमध्ये पार्वता र डम्मरलाई जिल्ला अस्पताल तम्घासमा उपचारपछि थपउपचारका लागि पाल्पा पठाइएको छ । मीनाको भने तम्घासमै उपचार भइरहेको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए । (सौस)

प्रतिक्रिया