खेतालाको छायांकन सुरु

Monika-Dahalकाठमाडौं : नेपाली चलचित्र क्षेत्रमा नामको खडेरी छ । त्यसैले होला अचेल निर्माताहरू आफ्ना चलचित्रको नाम अनौठाअनौठा राख्न थालेका छन् । यस्तै खेतबारीमा कामका लागि खोजिने व्यक्ति खेताला शब्दबाट चलचित्रको नाम जुराइएको छ ।
उत्तरगया फिल्मस्को चौथो प्रस्तुतिमा निर्माण हुने चलचित्र खेतालाको बुधबारबाट छायांकन सुरु भएको छ । काठमाडौंकै रमणीय स्थान सुन्दरीजलबाट छायांकन सुरु भएको चलचित्र वास्तविक कथावस्तुमा आधारित एक्सनप्रधान चलचित्र रहेको निर्माण पक्षले जानकारी गराएको छ ।
राजेश ढुंगाना, पुष्कर रेग्मी, किशोर चौलागाईं, पुष्कर राउत, मोनिका दाहाल, तमन्ना पोखरेल, जोश्ना पोखरेल आदिको मुख्य भूमिका रहने यस चलचित्रमा संगीत हरि लम्साल, नृत्य वीरेन्द्र सिंह, द्वन्द्व हिमाल केसीको रहने छ । (सौस)

प्रतिक्रिया