आचार्यको तरज सार्वजनिक

tarajकाठमाडौं : ०५४ मो कलेक्स गीतहरूका एल्बम जुनमार्फत गायन करियर सुरु गरेका गायक समीर आचार्यको दोस्रो एल्बम तरज सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका अभिनेता राज घिमिरे र अभिनेत्री विनिता बरालले संयुक्त रूपमा सार्वजनिक गरे ।
अध्ययनका सिलसिलामा विदेशमा रहँदै आएका आचार्य भने एल्बम सार्वजनिक समारोहमा उपस्थित थिइन् । आचार्य अध्ययनका सिलसिलामा विदेशमै रहेकाले उपस्थिति नभएको समारोहका आयोजकले बताए । गायक आचार्यले एल्बम विदेश बसाइकै क्रममा तयार पारेका हुन् । सुस्तरी सुस्तरी, एकान्त रात, सन्नाटामा, ओठमा लालीलगायत बोलका पाँच मोडन गीत एल्बममा समावेश छ । एल्बमका शब्द/संगीत राजेश योगी, विष्णु शर्मा र गणेश आचार्यको छ । (सौस)

प्रतिक्रिया