आडवाणीको राजीनामाले भाजपामा खैलाबैला

Lal-Krishna-Adbani-Indianनयाँदिल्ली, २८ जेठ । भारतीय जनता पार्टी (भाजपा)का नेता लालकृष्ण आडवाणीको राजीनामाले पार्टीमा हलचल ल्याइदिएको छ । भारतीय संसद्मा प्रमुख विपक्षी नेता आडवाणीले पार्टीले अबको चुनावका लागि नरेन्द्र मोदीलाई प्रचार प्रमुख बनाएपछि विभिन्न पदबाट राजीनामा दिएका हुन् ।

भाजपानिकट स्रोतका अनुसार आइतबार मात्र भाजपाले आगामी वर्ष हुन लागेको भारतको आमचुनावमा प्रमुख अभियानकर्ताका रूपमा नरेन्द्र मोदीलाई अघि सारेको थियो । मोदी हिन्दू धर्मप्रति कट्टर नेताका रूपमा चिनिन्छन् । उनी भाजपाका चर्चित र विवादास्पद नेताका रूपमा पनि परिचित छन् ।
भारतका वरिष्ठ राजनीतिज्ञ आडवाणीले उपप्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले मोदीसँगको असहमतिका कारण राजीनामा दिएको स्रोतले जनाएको छ । ८५ वर्षीय आडवाणीलाई भाजपाले सन् २००९ को आमचुनावमा प्रधानमन्त्रीको उमेदवारका रूपमा अघि सारेको थियो । तर, चुनावमा उक्त दलले बहुमत ल्याउन सकेन ।

प्रतिक्रिया