क्याम्पस भित्र रक्सीका बोतल र हतियार

Chitwan District 1चितवन, १५ जेठ । चितवनको कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर क्याम्पसबाट प्रहरीले घरेलु हतियार र रक्सीका बोतल वरामद गरेको छ ।
केन्द्रीय क्याम्पसका विद्यार्थीले होस्टलमा लुकाएर राखेको अवस्थामा चार थान तरवार, तीन थान फलामको रड, १ सय १३ थान बासका लाठीलगायतका हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्ष अरुण पौडेलले जानकारी दिए ।
स्ववियु निर्वाचनका बेला प्रयोग गर्न विद्यार्थीले हतियार लुकाएको हुन सक्ने प्रहरीको अनुमान छ । हतियारसँगै एकसय वटा रक्सीका बोतलपनि फेला परेको पौडेलले बताए । हतियार कस्ले राखेको हो भन्ने विषयमा प्रहरीले केही बताएको छैन ।

प्रतिक्रिया