‘निर्वाचनको मिति, युद्धको घोषणा गर्नु हो’

Dev-Gurungइलाम, १५ जेठ । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले अहिलेकै अवस्थामा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने दोहराएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले आज (बुधबार) इलाममा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा गुरुङले खिलाराज रेग्मी नेतृत्वमा रहेको निर्दलीय सरकारले मिति घोषणा गर्दैमा मुलुकमा संविभानसभा निर्वाचन हुनै नसक्ने बताए ।
उनले निर्दलीय सरकारको बहिर्गमन गरी राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने उल्लेख गरे ।
‘सहमतिविना निर्वाचनको मिति घोषणा गर्नु भनेको युद्धको घोषणा गर्नु हो,’ उनले भने, ‘मुलुकमा गृहयुद्धतर्फ अगाडी बढेको छ ।’
सरकारले नै युद्धको घोषणा गरी मुलुक सिध्याउने खेलमा लागेको सचिव गुरुङको भनाई थियो ।

प्रतिक्रिया