पहाडी क्षेत्रमा सहकारी फस्टाउदै

नवलपरासी : नवलपरासीको विकट कोटथर गाविसका चेसराम आलेमगर गाउँमा खुलेको सहकारी संस्थाबाट ऋण पाएपछि दंग मात्र छैनन्, ऋण लिन बैंक धाउनुपर्ने र कमिसन दिनुपर्ने बाध्यताबाट मुक्ति पाएकामा खुसी देखिन्छन् ।
पहाडी क्षेत्र भनेर सरकारी बैंकहरूले ऋण दिन गाह्रो मान्ने र दिइहाले पनि कमिसन नबुझाएसम्म ऋण नै नदिनेजस्ता कार्यबाट आजित भएका पहाडी क्षेत्रका बासिन्दा गाउँगाउँमा स्थापना भएका सहकारीले घरायसी खर्चको व्यवस्थापन गर्न सजिलो भएको देवचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुराम ठाडा मगरले बताए ।
कोटथरमा स्थापना गरिएको देवचुली बचत तथा ऋण सहकारी संस्थामा ६ सयभन्दा बढी सेयर सदस्य छन् । उनीहरूले ५० देखि माथि मासिक रूपमा बचत गर्दै आएका छन् । सरकारले प्रत्येक सहकारीलाई एक लाख दिने निर्णय गरेपछि सहकारी संस्थाहरू उत्साही भएको अध्यक्ष ठाडा मगर बताउँछन् । अध्यक्ष ठाडा मगरका अनुसार गरिब, असहाय, दलित, महिला, जनजाति, अपांगलाई पहिलो प्रथमिकतामा ऋण प्रवाह गर्ने उद्देश्य राखेको सो संस्थाले करिब २० लाख ऋण प्रवाह गरेको छ ।

प्रतिक्रिया