राष्ट्रपतिको बखेडाले राष्ट्र समस्यामा: रायमाझी

Top-Bd-Rayamajhi-1अर्घाखाँची, १४ जेठ । एकीकृत माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले राष्ट्रपतिका कारण मुलुकले समस्या भोग्नु परेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लव अर्घाखाँची शाखाले आज (मंगलबार) सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा रायमाझीले राष्ट्रपतिले राष्ट्रिय सहमतिको बहाना बनाएर बिभिन्न बखेडा गरेको बताए । उनले भने, ‘राष्ट्रपतिकै कारण दलीय सरकार बन्न सकेन ।’
उनले आगामी मंसिरमा निर्वाचन हुन नसके खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार स्वत: सत्ताच्यूत हुने दाबी गरे । उनले भने, ‘मंसिरमा निर्वाचन हुन नसके दलहरुकै नेतृत्वमा सरकार बन्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेतृत्वका कारण मुलुकले प्रधानन्यायाधीशलाई सत्ता सुम्पनु परेको बताए । उनले भने, ‘समस्या समाधान गर्ने हो भने रेग्मी सरकार आवश्यक छैन ।’
केन्द्रीय सदस्य गुरुङले वर्तमान रेग्मी सरकार दलीय संयन्त्रलाई भत्काउन सक्रिय रहेको बताए ।
राष्ट्रिय जनमोर्चाका महासचिव शन्तबहादुर नेपालीले विदेशी चलखेलका कारण चुनावको मिति घोषणा हुने नसको बताए । उनले देश चारदल भन्दा पनि विदेशी शक्तिको इसारामा चलेको आरोप लगाए ।

प्रतिक्रिया