एकै वर्षमा १७ कार्यक्रमको तयारी

nasa-souryadailyकाठमाडौ, १४ जेठ । अटोमोबाईल स्पोर्टस् एसोसिएसन (नासा)ले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । नासाले एकैवर्ष भित्र १७ वटा कार्यक्रम गर्ने बताएको छ । विगत पाच वर्षदेखि मोटर स्पोर्ट्समा क्रियासिल नासाले फागुनमा सिन्सियर सिटिजन्स् मोटर ऱ्याली, बैशाखमा पाचौ वुमन वाईकर्स च्याम्पियनसीप ऱ्याली, सेप्टेम्बरमा धरानमा बुलेट टुर हुनेछ । असोज, मंसिर र चैतमा गरि रेसमान्डुको दोस्रो ,तेस्रो र चौथो सिरिज गर्ने भएको छ ।
नासाले आफू रोड सेफ्टी अभियानका लागि पनि आफूलाई क्रियासिल गराउने बताएको छ । युथ फर रोड सेफ्टी ईन नेपाल नामक राष्ट्रिय अभियान सन्चालन गरिहेको नासाले   एक हजार रोड सेफटी थुय मोटिभेटर तयार गर्ने जनाएको छ । त्यस्तै एफआईए–नासा मिडिया अवार्ड, नेशनल रोड सेफ्टी अवार्डको समेत घोषणा गरेको छ । जसको पुरस्कार राशी समान ११ हजार १ सय ११ रुपैया, शिल्ड र प्रसंसा पत्र दिने बताइएको छ । त्यस्तै नासा एक्सिलेन्स् अवार्ड अन्तर्गत ५ हजार ५ सय ५५ रुपैया पुरस्कार राशी प्रदान गर्ने बताएको छ ।  मोटर स्पोर्टस्का लागि खेलाडी तयार पार्न योङ ड्राईभर ट्रेनिङ, मार्सल ट्ेरनिङ, गोकार्ट ट्ेरनिङ समेत गराउने बताएको छ ।
महासचिव गोविन्द भट्टराईका अनुसार एक वर्षका लागि नासाले १ करोड ११ लाख ५८ हजार रुपैया समेत अनुमानित बजेट तय गरेको छ ।
शिवराम, राजीव र टीकाराम सम्मानित नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) ले गोल्फका शिवराम श्रेष्ठ तथा ट्रायथलनका राजीव गुरुङ र टीकाराम थापालाई आइतबार सम्मान गरेको छ ।
उनीहरुत्रयलाई विभिन्न प्रतियोगितामा हासिल गरेको सफलताको कदर गर्दै नगद ७–७ हजार सहित सम्मान गरियो ।
सोही अवसरमा ट्रायथलनका सहर्ष शाक्य, सगरमाथा आरोही कलाकार अर्जुन कार्की र अल्ट्रा धावक सञ्जय पण्डितलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया