एलपी उद्योग संघद्वारा आन्दोलन घोषणा

gassकाठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारदेखि आन्दोलन घोषणा गरेको छ । संघले मूल्यवृद्धिअनुसार ओभरहेड, डिलर कमिसन, यातायात खर्चमा वृद्धि गर्नुपर्ने माग गर्दै आएको छ ।
विगत १८ महिनादेखि सरकारसँग आफ्ना जायज माग पूरा गराउन लागि परे पनि माग पूरा नगरेपछि आन्दोलनको विकल्प नभएको अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । संघले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रीसमक्ष विरोधका कार्यक्रम बुझाउने, बुधबार नेपाल आयल निगमका सम्पूर्ण क्षेत्रीय कार्यालय तथा डिपोहरूबाट  ग्यास उद्योगीहरूले ग्यासको पिडिओ खरद कार्य बन्द गर्ने, शनिबारदेखि आइओसीका तीनवटै रिफाइनरी हल्दिया, बरौनी र मथुराबाट एलपी ग्यासका बुलेट लोड बन्द गर्ने,  जेठ २० गते सोमबारदेखि एलपी ग्यास उद्योगहरूले डिलर र डिपोहरूलाई ग्यास बिक्री वितरण बन्द गर्ने र जेठ २१ गते मंगलबार सम्पूर्ण डिलर, डिपोलगायतका ग्यास बिक्री वितरण बन्द गर्ने रहेको छ ।
संघका अनुसार ग्यास व्यवसायीले प्रति सिलिन्डर २८ रुपियाँ मात्र कमिसन प्राप्त गर्दछ । त्यसमै अन्य सम्पूर्ण खर्चसमेत जोडनुपर्छ । संघले प्रति सिलिन्डर ५७ रुपियाँ ९२ पैसाका दरले कमिसनलगायत अन्य शुल्क वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया