देउराली, मिर्मिरे र नख्खुको जित

काठमाडौं : सहिद स्मारक रेडबुल ‘सी’ डिभिजन लिग छनोट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा देउराली क्लबले युथ स्टेप क्लब अफ इमाडोललाई ३–२ ले पराजित गर्‍यो । देउरालीका लागि साजन ढुंगेलले छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । विजयी टोलीका सुजन थापामगरले ४४औँ र ५२औँ मिनेटमा गोल गरे । युथ स्टेटका लागि अमिर लामाले ६९औँ र ७७औँ मिनेटमा गोल गरे ।
अर्को खेलमा मिरमिरे युवा क्लबले बाजुल प्रेmन्डस क्लबलाई ८–० गोलले पराजित गरेको छ । मिरमिरेका लागि सुरज तामाङले १०औँ, विजय अधिकारीले १६औँ र  अर्जुन राईले १८औँ मिनेटमा गोल गरे । यसैगरी साजन खत्रीले २३औँ, २९औँ,  ४०औँ र ४४औँ मिनेटमा गोल गरे ।
नख्खु आदर्श युवा क्लबले दि एकता युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । नख्खुका लागि प्रविन मानन्धरले ३३औँ, मनोज जोशीले ६०औँ र निशान तामाङले ७६औँ मिनेटमा गोल गरे । दि एकताका लागि रविन देउलाले ४१औँ मिनेटमा गोल गरेका थिए ।
जनमार्ग युथ क्लबले बालाजु फुटबल एसोसियनलाई ३–१ ले पराजित गरेको छ । जनमार्गका लागि मनोज बुढाथोकीले ३१औँ, सुरेन्द्र अधिकारीले ४०औँ र गोकर्ण अधिकारीले ६३औँ मिनेटमा गोल गरे । बालाजुका लागि गनेन्द्र थापाले ५५औँ मिनेटमा गोल गरेका थिए । (सौस)

प्रतिक्रिया