पदमार्ग निर्माण

म्याग्दी : म्याग्दीको झिँ गाविस हुँदै पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग निर्माण भएको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित टोड्केमा सूर्योदय र हिमशृंखलाको अवलोकन गर्न जाने पर्यटकको सुविधाका लागि भिँmका बासिन्दाले पदमार्ग बनाएका हुन् ।     झिँदेखि टोड्के जाने उकालो बाटोमा ढुंगाको सिँढीसहित दुई हजार दुई सय मिटर लामो पदमार्ग बनाइएको छ । हिमालय संरक्षण संस्थाको सहयोगमा स्थानीयवासीको श्रमदान गरेर पदमार्ग निर्माण गरेका टोड्के क्षेत्र विकास समितिकी कोषाध्यक्ष चुमाया थजालीले बताए ।
पदमार्ग निर्माण गर्न स्थानीयवासीले एक लाख ५० हजारभन्दा बढीको श्रमदान गरेका छन् । संस्थाको तर्फबाट पदमार्ग निर्माणका लागि चार लाख ५० हजार सहयोग उपलब्ध गराइएको संस्थाका चित्र तिलिजा पुनले बताए । पदमार्ग निर्माण भएपछि झिँदेखि टोड्केको डेढ घन्टाको बाटो चालिस मिनेटमा छोट्टिएको छ । यसैगरी टोड्केको पर्यटन प्रवद्र्धन गर्नका लागि थप टेवा मिलेको कोषाध्यक्ष थजालीले बताए । दृश्यावलोकन, जैविक विविधता, संस्कृति तथा ग्रामीण जीवनशैलीको अवलोकनका लागि म्याग्दीमा नयाँ गन्तव्यका रूपमा विकास भएको टोड्केमा झिँ, पात्लेखेतको वाखेत र कुहुँ गाविसको पूर्णगाउँ हुँदै तीनवटा बाटो भएर पुग्न सकिन्छ ।

प्रतिक्रिया