अश्लील दृश्यले दर्शक लोभ्याउँदै

sima-kc-in-USEकाठमाडौं : पछिल्लो समय नेपाली चलचित्रमा ‘सेक्स’ बिक्न थालेको छ । यसको ज्वलन्त उदारण हो ‘युज’ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यस चलचित्रले एकै समय रिलिजमा आएका अन्यभन्दा राम्रो दर्शक पाइरहेको छ ।
प्रदर्शनको केही दिनदेखि यसले दर्शक तानेको निर्देशक बाबु बलामीले भनेका छन् । आइतबारको दोस्रो सो हेर्न विश्वज्योति हलमा दर्शकको भीड लागेको उनले दाबी गरे । उनले भने, ‘यसपटक फेरि दर्शक सेक्सकै विषयवस्तु रुचाउँदारहेछन् भन्ने ‘युज’ले देखाएको छ ।’
‘एडल्ट’ सर्टिफिर्केट पाएको ‘युज’को पोस्टर पनि एडल्ट छ । पोस्टरमा नायिका सीमा केसीको उत्तेजक तस्बिर देख्न पाइन्छ । ‘युज’मा सीमा केसी र सुवास मेचे मुख्य भूमिकामा छन् । चलचित्र देशभर गरी ३० चलचित्र भवनमा प्रदर्शित छ । (सौस)

प्रतिक्रिया