बाटो लिएर आए धीरेन्द्र

Dhiren-Thapaकाठमाडौ : पछिल्लो समय एकल एल्बम निकाल्ने क्रम प्रतिदिन बढ्दो छ । यीमध्येकै एक हुन्, धीरेन्द्र थापा । जनकपुर–१४ का थापा बाटो एल्बममार्फत सांगीतिक क्षेत्रमा देखिएका छन् । एल्बम हालै एक समारोहबीच विमोचन भयो ।
पेसाले इन्जिनियर थापाले गायनमा त्यसै हात बढाएका होइनन् । ‘सानैदेखिको गायनमा लाग्ने सोख थियो । त्यो अहिले आएर पूरा गर्दै छु,’ थापाले भने, ‘यो पहिलो एल्बम भए पनि अन्तिम हुन म दिने छैन ।’ गायनमा भर्खर प्रवेश गरे पनि यसैलाई निरन्तरता दिने सोचमा रहेको उनले सुनाए ।
एल्बम बाटोमा पपशैलीका ६ गीत समावेश छन् । जसमार्फत उनले माया प्रेम, जीवन दर्शन, देशभक्तिलगायत दर्शाएका छन् । यी गीतमध्ये पाँच गीत उनी आफँैले लेखेका हुन् भने एक गीत बाहिरबाट लिएका छन् । सबै गीतमा संगीत उनी आफैँले दिएका छन् ।
बाटो एल्बम नै गायक थापाको गायनमा पहिलो भने होइन । केही चलचित्र तथा कलेक्सन एल्बमका गीतमा स्वर दिएको उनले बताए ।
अरूको कलेक्सन एल्बममा गाउनभन्दा आºनो एल्बम निकाल्न निकै कठिन हुने उनको अनुभव छ । उनले ठूलै मिहिनेत गरेपछि एल्बम बजारमा ल्याउन सफल भएको बताए । ६ महिनादेखि गायनलाई निरन्तरता दिन स्पेसल संगीत प्रशिक्षणमा समेत रहेका थापा इन्जिनियरिङ पेसा र गायन सँगसँगै लैजाने सोचमा छन् । थापाले एल्बममा संकलित गीतमध्ये एकको भिडियो पनि बनाएका छन् । अहिले गीत सुन्ने मात्र नभएर हेर्ने जमाना आएकाले म्युजिक भिडियो आफूले तयार गरेको उनले बताए । (सौस)

प्रतिक्रिया