कोचिङ कोर्स सुरु

anfa-c-liclecemseकाठमाडौं : अखिल नेपाल फुटबल संघको आयोजनामा सोमबारदेखि काठमाडौंमा एएफसिसी कोचिङ सर्टिफिकेट कोर्स सुरु भएको छ  । १५ दिने कोर्सको उद्घाटन एन्फाका उपाध्यक्ष नरेन्द्र श्रेष्ठले एक समारोहबीच गरेका थिए । विभिन्न जिल्ला, क्लबहरूबाट निम्न प्रशिक्षार्थीको सहभागिता रहेको छ । उक्त कोर्सको दौरान फुटबलको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने र सो विषयको परीक्षामा उत्तीर्ण हुनेले एएफसीबाट सी सर्टिफिकेटसमेत उपलब्ध गराउनेछ । प्रशिक्षण एसियाली फुटबल महासंघबाट मनोनीत प्रशिक्षक गोपाल कृष्ननले  दिनेछन् । सो अवसरमा एन्फाका टेक्निकल डाइरेक्टर श्रीकृष्ण थापा र एन्फाका सिइओ इन्द्रमान तुलाधरको पनि उपस्थिति रहेको थियो । (सौस)

प्रतिक्रिया