आजका युवालाई खुलापत्र

himal_dhanशिक्षाले मानवजातिलाई ज्ञान प्राप्त हुन्छ । ज्ञानबाट प्रज्ञा प्राप्त हुन्छ । अर्थात् ज्ञान भन्नाले जानकारी हो जस्तो कि मह गुलियो हुन्छ । जिब्रोद्वारा यसको जानकारी हामीले लिने गर्छौं । गुलियो स्वादको पहिचान यसरी हुन्छ तर गुलियो कस्तो हो ? अन्तर्निहित वास्तविकतालाई अरूलाई सरल रूपमा बताउन अर्थात् जानकारी दिन सकिन्न । तर, ज्ञानबाट प्रज्ञा भूमिमा जब हामी उत्तीर्ण हुन्छौँ, उक्त गुलियो स्वादका बारेमा जानकारी मात्र होइन कि चुरोसम्म अनुभूत गरी सो गुलियो र जीवनलाई एकाकार गरी आत्मसात भएर आफूबाहेक अरूलाई पनि जानकारी दिन सक्ने जुन अवस्थामा हामी पुग्छौँ, सोही विषय नै प्रज्ञा हो । यही विषयलाई मानिसले जति सहज ढंगले सामान्यीकरण गरी जीवनयापनका लागि ज्ञानको भण्डारलाई खोतलखातल गर्छ उही उच्च कोटिको असल मानिसमा परिवर्तित हुन्छ ।
यसरी ज्ञान र प्रज्ञालाई जब हामी परिभाषित गरेर बुझ्छौँ तब हामी एउटा टुंगोमा अवश्य पुग्छौँ । त्यो टुंगो भनेको हामीले आजको यो अवस्थामा के–कस्ता ज्ञान प्राप्त गर्न जरुरी छ सो कुरालाई निक्र्यौल गर्न सजिलो हुनेछ । आजका युवापुस्ताले मात्र होइन कि सबै नेपाली नागरिकले बुझ्नुपर्ने कुरो के हो भने हाम्रा लागि दुई प्रकारका खाना आवश्यक हुन्छन् । एउटा मानसिक खान्की दोस्रो भौतिक खान्की । यी दुई खान्कीलाई उचित ढंगले बुझ्नका लागि पनि ज्ञानको आवश्यकता हुन्छ । पुरातन शिक्षाको नीति, सिद्धान्त समयखसापेक्ष छैन । शिक्षा मन्त्रालयबाट अर्थात् राज्य व्यवस्थाबाट यस विषयमाथि चासो त छ तर गम्भीर खाँचोको रूपमा लिएको देखिँदैन  ।
क) शरीरलाई बाँच्नका लागि खाद्य वस्तु उचित ढंगले ग्रहण जसरी गरिन्छ त्यही अनुरूप मानसिक खुराक पनि मानव जातिलाई उचित ढंगको हुन जरुरी छ । मानसिक खुराक छनौट गर्न आजको युवा पुस्ताले गम्भीर रूपमा जानकारी हुन आवश्यक देखिन्छ । के–कस्ता पुस्तकहरू अध्ययन गर्ने, सांस्कृतिक पक्षका के–कस्ता सामाग्रीहरू श्रवण गर्ने र अवलोकन, दृश्यावलोकन गर्ने दैनिक भोग्य वस्तु के–कस्ता उपयोग गर्ने भन्ने बारेमा ज्ञान हुन जरुरी छ । यसो नभएका कारणले लफंगा प्रवृत्ति नेपाली समाजमा झाँगिँदो अवस्थामा देखिन्छ । उदाहरणका लागि अर्थविहीन गीतसंगीतले बढुवा पाइरहेका छन् । यहाँ मैले संगीतको विधा पक्षलाई भन्न खोजेको होइन कि गीत कस्तो हुनुपर्छ, त्यसलाई जीवन्त बनाउनका लागि संगीत कस्तो हुनुपर्छ, आफैँमा अर्थहीन भएका गीतसंगीतले कुनै पनि परिणाम प्राप्त गर्न सक्दैनन् । अर्को उदाहरण प्रेमको गीतसंगीत निर्माण गर्छन् कलाकारहरू यहाँ तर प्रेमविरोधी माया पिरतीलाई उपहास गरेको साथै मजाकमा उडाएका गीतहरू बजारमा देखिएका छन् । यो दु:खद पक्ष हो । आजका युवापुस्ताले गीत संगीतका बारेमा साधारणभन्दा साधारण जानकारी नभएका कारणले यस्तो भएको हो । यो एउटा शिक्षामा युग सापेक्ष नीति सिद्धान्तको कमीले हुन गएको हो ।
तापाईंहरूले निम्नलिखित कुरामा ध्यान दिने मात्र होइन कि त्यसमा लागिहाल्नु पर्छ । यसो भन्नुको अर्थ यो हो कि अध्ययनको विषय, छनौट अब तापार्इंहरूले सामूहिक रूपमा र व्यक्तिगत रूपमा निधो लिन जरुरी भइसकेको छ । समय द्रूतगतिमा अगाडि बढिरहेको छ । तपार्इं युवापुस्ताका युवायुवती समयलाई साथ दिनुको सट्टा यो समयलाई पिछा गर्नसमेत सकिरहनु भएको छैन । अर्थात् समयलाई आत्मसात गरी समयको चुनौतीलाई स्वीकार गरी असल नागरिक बनी संवृद्ध जीवनयापन गर्नसक्ने सक्षमताको विन्दुहरूमा भड्किरहनु भएको छ । ती विन्दुलाई पहिचानमा लिन समयले घचघच्याइरहेको छ । यसका निम्ति हामी बौद्धिक रूपमा असाध्यै गरिब छौँ । गरिबी पनि एउटा रोग हो त्यसमाथि पनि मानसिक रूपमा रोगी हुनु भनेको आफू मात्र होइन कि सिंगो परिवार र समाज नै दिशाविहीन हुनु हो । त्यसकारण यस्तो अवस्थाबाट बच्नको लागि बौद्धिक खुराक छनोटमा सिपालु हुनु जरुरी छ । बुँदागत रूपमा यसरी तल उल्लेख गरिन्छ :
(१)    इतिहास शास्त्र र दर्शन शास्त्र अध्ययन अनिवार्य ।
(२)    धार्मिक  नीति शास्त्र मात्र होइन कि वास्तविक आधुनिक जीवनसँग मेलखाने नैतिक शास्त्रहरू पनि अध्ययन अनिवार्य ।
(३)    जीवनयापनका लागि तक्निकी विषयहरू अध्ययन अनिवार्य ।
(४)    खानादाना र शरीरसम्बन्धी पुस्तक अध्ययन अनिवार्य ।
(५)    संस्कृति र समाजशास्त्रीय अध्ययन अनिवार्य ।
यीमाथि भनिएका ५ विषय अध्ययनको खाँचो आजका युवापुस्तालाई भइसकेको छ । यो खाँचोलाई पूरा गर्न माथि भनिएभैँm सामूहिक वा व्यक्तिगत रूपमा अध्ययन गर्न जरुरी छ । राज्यलाई समेत यस विषयमाथि दबाब दिन युवापुस्ताको काँधमा आइपरेको जिम्मेवारी ठान्नुपर्छ । समयले चुनौती तपार्इंहामीलाई यसै कुरामा दिइरहेको छ । उचित ज्ञानको भोकलाई जागृत गरी मानसिक खुराक खोजविन गरी ग्रहण गरौँ । तापार्इं युवापुस्तालाई यति भन्नु छ । दोस्रो पत्रमा पुन: भेटौंला ।

प्रतिक्रिया