गायनमा दिल

dil-tamangकाठमाडौं : म त नेपाली ठिटो
बोली वचन मीठो
लाइदिन्छु मोहन
बोलको गीतका गायक दिल तामाङ अचेल व्यस्त छन् । ६ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आइरहेका नेपाली गायक दिलको नेपाली ठिटो बोलको गीत यतिखेर चर्चामा छ । राजनराज सिवाकोटीको शब्द संगीत रहेको यो गीतको भिडियोमा आलोक नेम्वाङको निर्देशन छ ।
युटुबमा समेत राखिएको उनका भिडियो ४० हजारभन्दा बढी दर्शकले हेरेको रेकर्ड छ । रामेछापको विकट गाउँ सैलुङको काखमा जन्मेर काठमाडौँमा संघर्ष गर्दै अस्ट्ेरलियासम्मको यात्रा गर्न सफल तामाङ सानै उमेरदेखि गीत गाउन, नाच्न र रमाइलो गर्नमा अगाडि नै हुन्थे ।
द्यौसी–भैलो कार्यक्रमबाट गायन क्षेत्रमा प्रवेश गरेका तामाङ गायक यम बरालबाट उत्प्रेरित भएको बताउँछन् । पपगायन तथा  लोक आधुनिक गायनमा रुचि राख्ने गायक तामाङ अस्ट्रेलियामा हुने सबैजसो म्युजिक इभेन्ट तथा कार्यक्रममा गीत गाएर दर्शकलाई रमाइलो गराउँछन् । (सौस)

प्रतिक्रिया