चुनावमा एमालेको प्रतिस्पर्धा कोसँग ?

इतिहासमा पटकपटक कांग्रेसले शासन गर्ने मौका पाएकै थियो । उसमा जनताका पक्षमा काम गर्नुपर्छ भन्ने कुनै दृष्टिकोण नै छैन । यदि हुन्थ्यो भने पटकपटक मौका पाउँदा देखाउन र सम्झिनलायक केही काम त हुनुपथ्यो त्यस्तो केही देखिँदैन । उसको शासनबाट जनता आत्तिएका थिए । २०४६ सालको जनआन्दोलन सफल भएपछि देश चुनावी माहोलमा गइरहेको थियो । चुनावी मैदानमा एमाले, कांग्रेस, राप्रपालगायतका दलहरू थिए । त्यसमध्ये पनि प्रतिस्पर्धा भनेको एमाले र कांग्रेसका बीचमा नै थियो । दलहरूले आफ्ना नीति, भावी कार्यक्रमहरू प्रस्तुत गरे पनि चुनावी नारा भने कम्युनिस्ट पार्टी विरुद्ध हुने गरेका थिए । विशेषगरी कांग्रेस कार्यकर्ताहरू कम्युनिस्टले धर्म, जातभात मान्दैन, दिदीबहिनी भन्दैन उसको शासन भयो भने ७० वर्ष पुगेकालाई गोली ठोकेर मार्छ, ड्रममा खाना पकाएर खानुपर्छ आदि जस्ता भ्रम फैलाइरहेका थिए । अन्धविश्वास र रूढीवादीमा चलेको त्यस बेलाको समाजमा उक्त कुराले नराम्रोसँग प्रभाव पारेको  थियो । आफूलाई १७ सालदेखिको कांग्रेस ठान्ने पाका उमेरकाले त कम्युनिस्टको नामै सुन्न चाहँदैनथे । जनतालाई भ्रममा पारेर २०४८ को निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न कांग्रेस सफल भएको थियो । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि कांग्रेसलगायतका दलहरूले त्यस्तै खालका भ्रमहरू बाडँ्दै थिए तर त्यसलाई चिर्न एमाले सफल भयो । ठूलो दलका हैसियतले अल्पमतको सरकार गठन गर्ने मौका पायो । त्यतिबेला सरकारले जनताको मुहार बदल्ने प्रयास स्वरूप आफ्नो गाउँ आफँै बनाऊ, वृद्ध भत्ता वितरण, सुकुम्बासीलाई जग्गा वितरण जस्ता जनपक्षीय काम गर्‍यो । कम्युनिस्ट पार्टीका विरुद्ध चलाइएका सम्पूर्ण भ्रमलाई एमालेको नौ महिने शासनकालले निमिट्यान्न पार्‍यो । यसपछि नै हिमाल, पहाड र तराईका बालक, युवा, वृद्धवृद्धालगायत सबै तह र तप्काका लागि एमाले लोकप्रिय बन्यो । लामो समय शासन गरेको कांग्रेसी शासनबाट आत्तिएका जनतालाई एमालेको सरकारले गरेका कामबाट थोरै भए पनि राहत मिलेको थियो । जनताको पक्षमा काम गर्ने भनेको कम्युनिस्ट पार्टीले मात्र रहेछ भन्ने विश्वास बढ्दो थियो ।
एमालेले बनाएको जनआधारलाई माध्याम बनाएर माओवादीले जनतालाई भ्रममा पार्न सफल भयो । एमालेको नौ महिने शासनकालमा शान्ति, पाएका, राज्यबाट राहतको अनुभव गरेका जनताले माओवादीलाई सत्तामा पुर्‍याउन सके अझै ठूलो परिवर्तन हुने भ्रममा परी हजारौँ नेपाल आमाका सन्तानले ज्यानको आहुति दिए । ज्यान, धन, परिवारभन्दा पनि माओवादी पार्टीलाई आफ्नो सम्झे । संविधानसभाको चुनावमा सबैभन्दा ठूलो दल बनाए । माओवादीले दुईदुईपटक सत्ता सम्हाल्ने मौका पायो । जब मोओवादी सत्तामा पुग्यो उसले बाँढेका भ्रमहरू एकपछि अर्को गर्दै क्रमश: उदाङ्गो हँुदै जान थाले । युद्धका नाममा गाउँघरमा डर, धम्की देखाएर लुट्को राजनीति गरेकामा सरकारमा पुगेपछि त्यसको रूप फेरियो व्यवहार फेरिएन । सत्तामा पुग्नु भनेको जनताको पक्षमा काम गर्ने ठाउँ पाउनु हो भन्ने कुरा बिर्सेर सीमित नेताले रातारात कमाउने र धनी हुने मौका आएको ठाने । परिवर्तनको खोक्रो आश्वासन देखाएर जनताका अवोध छोराछोरीलाई युद्धको मैदानमा लडाए । मौका आउँदा सर्वहाराको नारा दिनेहरू गगनचुम्बी महलका मालिक बनेपछि तिनको सक्कली अनुहार देखियो । अब माओवादी र तीनका नेताप्रति कसैको भरोसा छैन । झुट र बेइमानको अर्को नाम माओवादी हो भन्ने कुरा घाम जस्तै छर्लंगै भएको छ । ‘हेरी सक्यौँ अरूलाई एकपटक नयाँलाई’ भन्दै भोट दिएकोमा आज पछुताइरहेका छन् । ठूला भनिएका एमाओवादी, कांग्रेस र एमाले तीनवटै दलले शासन चलाए । ती तीनवटै दलले गरेको कामको जनताले मूल्यांकन गर्न पाए । जनताका दृष्टिमा तुलनात्मक रूपमा एमाले नै ठीक हो भन्ने कुरा समयले प्रमाणित गरिदियो । आफ्नो यर्थाथ धरातललाई बिर्सेका केही नेताले एमाले छाडे पनि जनता एमालेमा फर्केछन् । राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेक्षणले पनि अबको चुनावमा एमाले नै अग्रस्थानमा रहने प्रक्षेपण गरिरहेका छन् ।
संविधानसभामा ठूलो दल बनेको माओवादीले जनताप्रति कुनै जिम्मेवारी भएको महसुस गरेन । उसकै कारण संविधान बन्न सकेन । अन्तत: संविधानसभा नै विघटन गर्‍यो । संविधान बनाउन दुईतिहाइको खाँचो थियो । माओवादीबाहेकका दल मात्र मिलेर संविधान बनाउन सम्भव थिएन । एक युगमा एकपटक आउने संविधानसभालाई माओवादीले विघटन गरेपछि फेरि दोस्रोपटक चुनाव गर्ने भनेर खिलराज रेग्मीको नेतृत्वमा सरकार बनेको छ । जनताका अगाडि चुनावको कुरा गरे पनि माओवादीले चुनाव चाहेकै छैन । उसका क्रियाकलाप मुलुकमा संक्रमणकालीन अवस्थालाई लम्ब्याइरहने र ठूलो दलका नाममा रजाइँ गर्दै जाने किसिमको छ । एमाले छिटोभन्दा छिटो चुनाव होस् र मुलुकले निकास पाओस् भन्नेमा छ । चुनावमा संविधान बनाउन चाहने शक्ति विभाजित भएर जाँदा कुनै पनि दलले दुईतिहाइ ल्याउन सक्ने स्थिति छैन । त्यसो भएको हुँदा चुनाव पनि होस् र परिणम पनि संविधान बन्ने किसिमको आओस् भन्ने जिम्मेवारी बोध गर्दै एमालेले लोकतन्त्र, शान्ति, परिवर्तन र अग्रगमनका पक्षधर राजनीतिक शक्तिहरूलाई संविधानसभा निर्वाचनलाई सफल पार्न र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण सुनिश्चित गर्न पारस्परिक संवाद, समन्वय र सहकार्यका साथअघि बढ्न आह्वान मात्र गरेको हो ।( हेर्नुहोस् नवयुग वैशाख अंक) कुनै एउटा पार्टीसँग चुनावी तालमेल गर्ने भनेको छैन । उसले राष्ट्रप्रति देखाएको जिम्मेवारीबाट जनतामा dhakaram-sapkotaराम्रो समाचार गएपछि अत्तालिएको माओवादीले एमाले भन्ने पार्टी नै छैन भन्न पुग्यो भने कांग्रेसले प्रजातान्त्रिक शक्ति भनेको मै मात्र हुँ भन्ने भ्रममा परि नेताहरू एमालेसँग चुनावी तालमेल हुन नसक्ने भन्दै भाषण गर्दै हिँडे जुन आजसम्म पनि जारी छ । ठूलो पार्टी बन्नका लागि एमाललेलाई मैदान खालिभइसक्यो अब कसैले रोकेर रोकिँदैन । तीन ठूला दलमध्ये जनताले आशा गरेको पार्टी एमाले भएको  छ भने जनताले पत्याउन छाडेको कांग्रेसको वैसाखी टेक्न उसलाई कुनै आवश्यक छैन । यो जान्दाजान्दै कांग्रेसका नेताले एमालेसँग चुनावी तालमेल हुँदैन भन्नुको के अर्थ रहन्छ ।
कम्युनिस्ट पार्टीका नाममा एकाएक शक्तिमा आएको माओवादी जसरी आयो उसैगरी छोटो समयमा नै पतन भएर जाने निश्चित भयो । सिद्धान्तनिष्ठ, जनताका बीचमा लोकप्रिय कम्युनिस्ट शक्ति भनेकै एमाले हो भन्ने जानेबुझेका देशीविदेशी शक्तिले उसलाई कमजोर पार्न लागे । २०५१ मा सरकार चलाउँदादेखि नै देखिएको यर्थाथ हो । अहिले फेरि एमाले शसक्त रूपमा अगाडि आएको छ । यसलाई बेलैमा रोक्न खोज्नेहरू सक्रिय हुन थालेका छन् । एमाओवादी र कांग्रेसका लागि एमाले पहिलो प्रतिस्पर्धी शक्ति हुने भयो । त्यसैले संविधान बनाउन चाहने शक्ति मिलाँै भन्नेबित्तिकै ती दलको होस उडेको छ । त्यसैलाई चुनावी नारा बनाउँदै माओवादी र कांग्रेस एमालेमाथि खनिएका छन् । माओवादीका कारणले संविधान बनेन भन्ने कांग्रेस र मध्यरातमा संविधानसभा विघटन गर्ने माओवादीको बोली एउटै छ । एउटा एमाले पार्टी नै छैन भन्छ अर्कोले एमालेसँग तालमेल हँुदैन भन्छ भने दुवैलाई डर त एमालेकै छ ।  एमाले पहिलो शक्ति बन्दै छ, चुनाव हुँदाका दिनसम्म एमाले कसरी अगाडि बढ्छ यो उसकै हातमा छ ।

प्रतिक्रिया