मधेस दौडाहाको घनचक्कर

NP-Rijalकुनै समयमा नेपाली कांग्रेसको राम्रो पकड रहेको मधेस (तराई प्रदेश) का अधिकांश जिल्लामा, आगामी निर्वाचनमा कांग्रेसले विजय हासिल गर्न धौधौ पर्ने देखिएको छ । पहिलो जनआन्दोलनपछि राम्रो पकड बनाएको मधेसमा वि. स. ०५६ मा भएको आमनिर्वाचनमा बहुमत ल्याएर सत्ताको बागडोर हातमा लिँदाको अवस्थासम्म आइपुग्दा मधेसमा अन्य दलको ठूलो प्रभाव जमेको थिएन । वि.स. ०५२ सालबाट सुरु भएको माओवादी जनयुद्धले मधेस मुद्दालाई उठाएर आफ्नो पकड मधेसमा बनाउन थाल्यो । त्यसमा आर्थिक तथा सामाजिक भेदभावको मुद्दा, प्रशासनहरूमा मधेसी जनताको पहुँचको अभाव, नेपाली सेनामा मधेसी जनताको पहुँच हुनुपर्ने मुद्दा, आदिवासीको पहिचानको मुद्दा जस्ता विषयलाई उठाएर जातीय पहिचान सहितको राज्यको परिकल्पना गरी आमजनतासम्म आफ्नो पहुँच बनाउन सफल भयो । त्यसका साथै मधेसीको विषयवस्तुलाई उठाएर राजनीति गर्ने मधेस केन्द्रित राजनीतिक दलहरूको गतिशीलता बढ्दै जाँदा विस्तारै नेपाली कांग्रेसको पकड गुम्न थाल्यो ।
तराई प्रदेशले नेपालको कुल जनसंख्याको आधा हिस्सा ओगटेको छ । चुनावमा झन्डै ५० प्रतिशत सिट तराईका जिल्लामा छन् । त्यसकारण पनि राजनीतिक दलहरूको चुनावी आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ मधेस । राजनीतिक दलहरू मधेस दौडाहामा तीव्र रूपमा लागेका छन् । डेढदर्जनको हाराहारीमा भएका मधेसी राजनीतिक दलको सक्रियता अन्य दलभन्दा ज्यादा देखिन्छ । दोस्रो जनआन्दोलनपछि मधेसीमुलका नेताहरू नेपाली कांग्रेस, एमालेबाट मधेसी दलहरूमा प्रवेश गर्न थाले । नेपाली कांग्रेसबाट प्रभावशाली नेता महन्त ठाकुर तमलोमामा गए भने विजयकुमार गच्छदार, जयप्रकास प्रसाद गुप्ता मधेसी जनाधिकार फोरममा गए । नेपाली कांग्रेसमा रहेर मधेसी जनताका मुद्दाहरू उठाउने प्रभावशाली नेताहरूले तराईबाट धेरै कांग्रेसी जनता लगे । त्यसले कांग्रेसको पकडलाई न्यून बनाएको हो । त्यो पकडलाई पुन: बिउँत्याउन नेपाली कांग्रेस पनि तराई दौडाहामा लागेको छ । तर, मधेसी दलसँग सहकार्य गर्न नसक्ने अवस्थामा रहेको नेपाली कांग्रेसले एमालेसँग सहकार्य गरेर आफ्नो पकड बनाउन सक्ने सम्भावना छ । तर, व्यवहारिक रूपबाट यी दुई पार्टीहरू एक आपसमा सहकार्य गर्न सक्ने अवस्थामा देखिँदैनन् । त्यसकारण तराईको राजनीतिक मैदानमा एकलौटी रूपमा जानुपर्ने भएको छ ।
तराईमा सामाजिक, आर्थिक, सांस्कृतिक रूपमा राम्रो सम्बन्ध भएका मधेसी राजनीतिक दलहरूले दशकौादेखि मधेसका मुद्दाहरू सडकदेखि सदनसम्म उठाए पनि आफू सत्तामा बसेको बेलामा समस्याहरू समाधान गर्न सकेनन् । उनीहरू समस्या समाधान गर्न भन्दा पनि सत्ताका लागि मरिमेटे । त्यसबाट पार्टीलाई अवसरवादमा चुलुम्म डुवाउने काम गरे । तराइ मधेस लोकतान्त्रिक पार्टीले डेड दर्जनको हाराहारीमा रहेका मधेसवादी राजनीतिक दलहरू एक भएर चुनावमा जाने प्रस्ताव अन्य मधेसवादी पार्टीलाइ राखेको छ । मधेसवादी दलहरू आपसी सहकार्यको आधारमा अगाडी बढ्ने प्रस्ताव बढी सान्दर्भिक देखिन्छ । त्यसकारण मधेसवादी दलहरूले स–साना समुह बनाएर एउटै मुद्दालाई उठाएर जनतामाझ जानु भन्दा एक भएर मधेस मुद्दालाई उठाउनु बढी प्रभावकारी हुने सोचले सार्थक स्वरूप हासिल गर्नका लागि मधेस दौडाहालाई बढी महत्व दिएका छन ।
मधेसको राजनीति केही महत्वपूर्ण मुद्दाहरूमा घुमेको छ । नागरिकताको मुद्दाले समयसमयमा विशेष महत्व राख्ने गर्दछ । विगतमा मधेसी मुलका नागरिकलाई नागरिकता दिने बाहानामा लाखौा भारतीय जनताहरूले नेपाली नागरिकता लिने मौका पाए । त्यसको अलवा मधेसी जनतालाई प्रशासनमा सहज रूपमा पहुाच, सैन्य क्षेत्रमा सहज रूपमा पौाच जस्ता कुराहरू उठने गरेका भए पनि राजनीतिको मुख्य पेरिफेरी नै नागरिकता मुद्दाको रूपमा रहेको छ । त्यो मुद्दालाई स्पष्ट रूपमा किनारा लगाउनु आवश्यक छ । मधेसवादी दलहरूले लामो समयसम्म नागरिकताको मुद्दालाई मात्र राजनीति गर्ने नारा बनाइनु कुनै प्रभावकारी स्पष्ट भिजन बिनाको पार्टी बन्नु हो । त्यसले पनि सम्पूर्ण पार्टीहरूलाई एकतामा अगाडी बड्नुपर्ने आवश्यकतालाई प्रष्ट पारेको छ । त्यो एकताको आवश्यकतालाई राम्रोसंग बुझेका मधेसवादी दलहरू पार्टी एकताको प्रयासका साथै पार्टी विस्तार गर्ने काममा पनि तिब्र रूपमा लागेका छन । मधेसवादी राजनीतिक नेताहरू जो लामो समयसम्म सत्तामा विताएका छन, चुनावी सरकारको गठन भए पछि उनीहरूको ध्यान पार्टी विस्तारमा गएको छ । त्यसमा अग्र पङ्तिमा रहेका छन राजेन्द्र महतो, विजय कुमार गच्छदार तथा भ्रष्टचारको मुद्दामा जेल सजाय भुक्तान गरी मुक्त भएका जयप्रसाद गुप्ता छन । उनीहरूको मधेस दौडाहाको प्रयास पार्टी विस्तार भन्दा पनि पार्टी एकताका लागि केन्द्रित हुनु अति आवश्यक छ ।
गणतन्त्र स्थापना भए पनि लामो समयसम्म सत्तामा बस्न पुगेका मधेसादी राजनीतिक दलहरूसंग एनेकपा माओवादीले सहकार्य गर्न सक्ने सम्भावना ज्यादा छ । अन्य दलहरू जस्तै एमाओवादी पनि मधेस दौडाहाको चक्करमा लागेको छ । मधेसी नेताहरूसंगको सहकार्यबाट तराइका जनताको जनमत आफ्नो पोल्टामा पार्ने दाउमा छ । ५० प्रतिशत संविधानसभाको सिट ओगटेका तराइका जिल्लाहरू माओवादीले शसस्त्र द्धन्द्धको समयमा राम्रो पकड कायम गरे पनि त्यसपछिको समयमा भने विस्तारै आफ्नो पकड गुमाउादै गयो । दोस्रो जनआन्दोलन पछि माओवादीबाट धेरै जनता तराइ केन्द्रित भूमिगत समुहमा लागे । धेरै मधेस केन्द्रित पार्टीमा मधेस मुद्दाको लहडमा लागे । पहिलो संविधान सभाको निर्वाचनमा ल्याएको जनमत भन्दा पनि न्युन स्थरको मत आउनबाट बच्नका लागि पनि एमाओवादीले तराइमा राजनीतिक प्रभाव विस्तार गर्न धेरै जोड दिनु आवश्यक छ । नेकपा एमालेको नेताहरूको मधेस दौडाहा पनि कम छैन । एमालेले आफ्ना कार्यकर्ताहरूलाई तराइमा विस्तार गर्ने काम तिब्र रूपमा गर्दैछ । एमाओवादीसंग आरोप प्रत्यारोपको दोहोरी खेलिरहेको एमालेलाई मधेसमा आफ्नो पकड दरो बनाउन फलामका चिउरा चपाउनु बराबर भएको छ । अन्य राजनीतिक दलहरूको गतिशिलता पनि विस्तारै तराइका जिल्लाहरूमा देखिन थालेको छ ।
जुनसुकै राजनीतिक दलहरूले मधेस र मधेस केन्द्रित राजनीतिक मुद्दाहरूमा आवाज उठाए पनि राजनीतिक निकास स्पष्ट रूपमा देखिनु आवश्यक छ । तराइका आर्थिक विकासका मुद्दाहरूलाई सम्बोधन गर्नु पर्ने अवस्था देखा पर्ने बेलामा दलहरू भने सत्ताका लागि मरिहत्ते गरिरहेका छन । मधेस शब्द सडकदेखि सदनसम्म चर्चामा आउनुका पछाडि सत्ताका लागि एक दरिलो खुट्किलोको रूपमा मधेस मुद्दा देखा पर्नु हो । धेरै सिट प्राप्त गरेर सत्तामा पुग्न वा धेरै सिट ल्याउन नसके मधेसवादी दलहरूसंग सत्ता साझेदार गरेर भए पनि आफ्नो दलीय स्वार्थलाई पूरा गर्न उद्दत देखिन्छन राजनीतिक नेताहरू । यसरी मधेस मुद्दाको लहडमा सत्तामा पुग्ने दाउपेच दलहरूको रणनीतिक चाल मात्र देखिन्छ । तर समस्याहरू खुल्ला सिमाना, त्यसबाट तराइमा सिर्जना भएका केही समस्याहरू जस्तै नागरिकताको मुद्दा, मधेसी जनतालाई सरकारी क्षेत्रमा जागिरको पहुाच, आर्थिक विकास, पिछडा वर्ग इत्यादि मद्धाहरूलाई उठाएर अझै पनि केही भूमिगत समुहहरू सक्रिय देखिन्छन । ती समुहहरूलाई वार्ताका माध्यमबाट सम्बोधन गर्न सरकार हरबखत तम्तयार देखिन्छ ।
नेपाली राजनीतिक मैदानमा दरिलो पकड बनाएको मधेसलाई केन्द्रबिन्दु बनाएर राजनीति गरेका दलहरूका लागि नयाा समयान्तरमा नयाा जनमत प्राप्त हुने छ । त्यसमा मधेसी दलहरूले आफूलाई मात्र मधेसको दावेदार माने पनि पछिल्लो समयमा आएर एमाओवादी प्रति पुन: एकपल्ट जनताले आफ्नो मत हाल्न सक्ने सम्भावना छ । तर पछिल्लो समयमा जनताहरू पार्टीलाई भन्दा पनि उसले उठाउने मुद्दालाई बढी प्राथमिकताका साथ हेर्ने थालेको कारण मधेस दौडाहा जती सुकै भए पनि राम्रो भिजन ल्याउन नसक्ने पार्टीले आफ्नो पकड गुमाउनु पर्ने कुरामा दुइमत छैन ।

प्रतिक्रिया