द सुप्रिम ह्युमन सार्वजनिक

book-releasing-photoकाठमाडौं : स्रष्टा रमेश पौडेलको पहिलो कृति ‘द सुप्रिम ह्युमन’ विमोचित भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तकको लेखक तथा चलचित्रका निर्देशक यादव खरेलले डिकुरा प्रकाशनका अध्यक्ष पुण्यप्रसाद र लेखक पौडेलले सामूहिक विमोचन गरे । अमेरिकाबाट अंग्रेजीमा समेत प्रकाशित हुने यस उपन्यासलाई डिकुरा प्रकाशनले बजारमा ल्याएको हो ।

कार्यक्रममा चलचित्र निर्देशक तथा लेखक खरेलले पुस्तकको कृतिको चर्चा–परिचर्चा निकै सुनेकाले यस कृतिमा पाठकहरूको रुचि पनि हुने बताए । उनले भने, ‘मलाई विश्वास यो कृति पाठकमाझ निकै लोकप्रिय हुनेछ ।’ लेखक तथा प्राध्यापक महेश पौडेलले यस कृतिमा धेरै नयाँ प्रयोग गरिएका र अहिले आइरहेका कृतिभन्दा निकै फरक आफूले पाएको बताए ।
समीक्षक हरि अधिकारीले नेपालमा यस कृति नयाँ भए पनि विश्वसाहित्यमा नयाँ नहुने बताउँदै लेखकले अनौठो परिकल्पना गर्ने साहस गरेकोमा बधाईको पात्र भएको बताए ।
कार्यक्रममा लेखक पौडेलले साहित्यले समाजलाई मार्गनिर्देश गर्ने उल्लेख गर्दै आºनो कृतिले मानिसलाई सर्वोच्च मानव बन्न अभिप्रेरित गर्ने बताए । उनले भने, ‘मानिसले इच्छाशक्ति बनायो भने उसका सारा समस्याबाट मुक्त हुन सक्छ भन्ने सन्देश यसले दिन खोजेको छ ।’
‘आश्चर्यलाग्दो सोच र नितान्त नयाँ शैलीको एउटा जादुगर उपन्यास द सुप्रिम ह्युमन नेपाली पाठकबीच आइपुगेको प्रकाशनका अध्यक्ष पुण्य प्रसाईंले बताए । चरम कल्पना, विज्ञान र अध्यात्मको अद्भुत समिश्रण भएको यो उपन्यास पढ्न थालेपछि पाठकले सकाएरै छाड्ने उनले धारणा राखे । तीन सय ५० रुपियाँ मूल्यको यो कृति ३०४ पेजको छ । (सौस)

प्रतिक्रिया