सुरेन्द्रको सन्न्यास

Surendra-Tamangकाठमाडौं : राष्ट्रिय टोलीका पूर्वफरवार्ड सुरेन्द्र तामाङले फुटबलबाट सन्न्यास लिएका छन् । बुधबार थ्री–स्टार क्लब र मोहन बगान क्लबबीचको खेलपछि उनले सन्न्यासको घोषणा गरेका हुन् । राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर सुरेन्द्रले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा अन्तिमपटक राष्ट्रिय टोलीमा समावेश भएका थिए ।
०६१ मा थ्री–स्टारलाई लिग जिताएका उनी उत्कृष्ट फरवार्ड घोषित भएका थिए । उनी ०६० सालको लिगमा शीर्ष गोलकर्ता भएका थिए । तीव्र गतीमा खेल्ने र साँघुरो कोणबाट गोल गर्ने क्षमता भएका सुरेन्द्र जिप दुर्घटनामा परेपछि लामो समय फुटबलबाट बाहिरिएका थिए । उनले दुईपटक पूर्वाञ्चललाई राष्ट्रिय खेलकुदको स्वर्णपदक दिलाएका थिए ।
जिप दुर्घटनापछि ठीक भएर मैदानमा फर्केका उनले त्यसपछि फ्रेन्ड्स क्लब र सरस्वती क्लबको प्रतिनिधित्व गरेका थिए । (सौस)

प्रतिक्रिया