शिक्षित युवा गाईपालन व्यवसायमा

gai-palanचितवन, १७ वैशाख । चितवनको शरदपुरका व्यावसायिक गाईपालक किसान विनोद सापकोटा यतिवेला मिहिनेत र परिश्रम कै कारण सफल किसानो रूपमा परिचित छन् ।

पढाइसके लगत्तै गाईपालन थालेका सापकोटा यति बेला युवा जमातका लागि राम्रै उदाहरण बनेका छन् । युवा भए पनि उनी स्वदेशमा नै व्यावसायिक रूपमा गाईपालन गरेर लखपति भइसकेका छन् । ०६५ सालबाट फार्म दर्ता गरी व्यवसाय सुरु गरेका सापकोटाले भने, ‘वार्षिक रूपमा दश लाख रुपियाँ बढी कमाइ भइहरेको छ’ । पढाइसँगै यो व्यवसाय सुरुआत गर्दा निकै कठिन भएको पुरानो अनुभव सुनाउँदै सापकोटाले मिहिनेत र परिश्रम गरे रामै्र सफलता पाइने बताए । आफ्नो पढाइ सकेपछि कुन पेसालाई निरन्तरता दिने भनेर चिन्ता लागे पनि आफ्नै देशमा नै केही गरेर युवा वर्गहरूको उदाहरण बन्न कै लागि निकै चुनौती साथ व्यवसाय थालेको बताए ।
गाईबाट राम्रै आम्दानीहुन थालेपछि उनले भरतपुरका विभिन्न ठाउँमा डेरी पनि सञ्चालन ल्याएका छन् । साथै तीन जना युवालाई रोजगार दिन समेत सापकोटा सफल रहेका छन् । तीन जना युवाहरू अहिले स्नातक तह अध्ययन गरिरहेका छन् । दश वटा गाईबाट व्यवसाय सुरुआत गरेका उनले तीनवर्षको छोटो अवधिमा तीन दर्जन बढी गाई पाल्न सफल भएका छन् । उनको गोठमा अहिले जर्सी, होलिस्टोन, काठमाडौंको स्थानीय जातका गाई पालेका छन् । दैनिक एकसय तीस लिटर दूध उत्पादन गर्दै आए पनि सिजनमा दुई सयभन्दा बढी दूध उत्पादन हुने गरेको उनको भनाइ छ ।
१५ कठ्ठा जमिनमा फार्म सञ्चालन गरेका उनले घाँसका लागि तीन बिगाह छुट्याएका छन् । फर्ममा गाईपालन र दूध बिक्रीसँगै उच्च जातको साँढे राखेर बाच्छा–बाच्छी उत्पादन र गाईपालनसम्बन्धी परामर्श दिँदै आएका छन् । आफ्नै गोठको बहरबाट जन्मने बाच्छा–बाच्छी फुर्तिलो हुने गरेको उनको दाबी छ । पछिल्लो समयमा गाईपालन व्यवसायमा राम्रै सफता पाएका कारण उनी पशुपालक संघको केन्द्रीय सचिव समेत भएका छन् । उनले अन्य ५ जना युवा साथीसँगको सहकार्यमा गाई र गोबर प्रयोग गरेर आर्गनिक माछा पालन र बेमौसमी तरकारी खेती गर्न सोच लिएको पनि बताए ।

प्रतिक्रिया