काठमाडौंको जित

काठमाडौं, १६ वैशाख । अखिल नेपाल फुटबल संघको आयोजना तथा नेपाल बैंक लिमिटेडको प्रायोजनमा सानोगौचरन खेलमैदानमा जारी नेपाल बैंक जुनियर यु–१५ फुटबल प्रतियोगिता २०६९ अन्तर्गत आइतबार भएको खेलमा काठमाडांै जिल्ला फुटबल संघ टिमले पवन प्रकृति उच्च माविलाई १–० ले पराजित गरेको छ । काठमाडांैका लागि सुसन श्रेष्ठले २०औं मिनेटमा गोल गरेका थिए ।

आजै भएको अर्को खेलमा एक्टिभ युथ क्लबले ज्ञानमाला फुटबल क्लबलाई ३–१ गोलले पराजित गरेको छ । एक्टिभका लागि सुरज मिजारले ५५आंै, रमेश कार्कीले ५९आंै र आजर्श पहेलीले ६६औं मिनेटमा गोल गरे । ज्ञानमालाका लागि शौरव अधिकारीले ६८औं मिनेटमा गोल गरे ।
अर्को खेलमा लिटिल एन्जल्स स्कुलले बासबारी क्लबलाई ३–० गोलले पराजित गर्‍यो । लिटिल एन्जल्सका लागि सुमित मगरले चौंथो, दीपेन रानाले ४१आंै र विवेक राईले ५८औं मिनेटमा गोल गरेका थिए ।
अन्तिम खेलमा पाँचखाल युनाइटेड फुटबल संघले मंगल युवा क्लबलाई ५–० गोलले पराजित गर्‍यो । पाँचखालका लागि विमल राईले ४८आंै, ५३आंै र ६५आंै मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । कृष्ण गिरीले ६६आंै र समिर दनुवारले ६८औं मिनेटमा गोल गरे ।

प्रतिक्रिया