चेन्नईको जित

चेन्नई : कप्तान महेन्द्र सिंह धोनी (अविजित ६७) को आक्रमक पारीको मद्दतमा चेन्नई सुपर किंग्सले बिहीबार राति भएको खेलमा हैदराबादलाई पाँच विकेटले हराएको छ ।
सुपर किग्सले सन्राइजर्सद्वारा दिइएको १ सय ६० रनको लक्ष्य १९ ओभर ४ बलमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । धोनीले ३७ बलमा सात चौका र चार छक्का प्रहार गर्दै नटआउट रहे । सन्राइजर्सका लागि अमित मिश्राले तीन विकेट लिए ।
अन्तिम ३० बलमा सुपर किंग्सको जितका लागि ४६ रनको आवश्यक थियो । चेन्नईको सुरुवात राम्रो रहेन । पहिलो विकेटका लागि मुरली विजय र माइकल हसीले ६५ रनको साझेदारी खेले । मुरली विजयले १८ र माइकल हसीले ४५ रन जोडे । रैनाले १३ रन जोडे । रैनाले कप्तान धोनीसँग मिलेर तेस्रो विकेटका लागि २३ रनको साझेदारी खेलेका थिए । (एजेन्सी)

प्रतिक्रिया