व्यावसायिक बाख्रापालनमा इन्जिनीयर

goatsउदयपुर, १३ बैशाख । देशभित्र रोजगारी नभएको भन्दै दैनिक पन्ध्र सयको हाराहारीमा यूवाहरु विदेश पलायन भईरहेका बेला एक जना सव ईन्जिनियर भने व्यावसायीक बाख्रापालनतर्फ लागेका छन् । स्थानीय विकास मन्त्रालय अन्तर्गत सस्पेन्सन बृज डिभिजन पुल्चोकक ललितपुरमा कार्यरत सव–इन्जिनियर श्याकुमार पोखरेलले आफ्नै गाँउमा बाख्रापालन सुरु गरेका हुन् । विजयखर्क ९ भैरम्पुर खोटाङका पोखरेलले बाख्रापालनका लागि २० लाख बराबरको लोकल बाख्रा खरिद गरेका छन ।
हलेसी कृषि तथा बाख्रा फारामलाई दर्ता गरेर व्यवसाय सुरु गरेका उनले सुरुमा १ सय १८ वटा बाख्रा खरिद गरेका थिए । अहिले भने पोखरेलको खोरमा १ सय ५० बाख्राहरु छन् ।
पाठा उत्पादनका लागि उनले तनहुँको बन्दिपुरबाट जमुनापारी क्रस, बारपारी क्रस लगाएत तीन जातका वियाडे बोका खरिद गरेका छन् । केहि समय भित्रै बोयर जातका बोका खरिद गर्ने र त्यसकोलागि भेटनरिमा पत्राचार गरिसकेको पोखरेलले बताए । उनले पाँच जना युवाहरुलाई रोजगारी दिएका छन् ।
एक बर्षपछि प्लान्टमा उत्पादन भएका बाख्राहरु गाँउ गाँउमा समुह गठन गरी कृषकहरुलाई समेत पाल्न दिने योजना सुनाए । तीन बर्ष भित्रमा करिव एक हजार वटा बाख्रा खसि उत्पादन गर्ने लक्ष्य लिएका उनले हाल सम्ममा १६ लाख आम्दानी लिईसकेको बताए । साँवा व्याज गरी १६ लाखको पुँजि बनाईसके पोखरेलले थपे, ‘तीन बर्षमा ९ सय ८८ वटा बाख्रा र त्यसमा १८ वटा वियाडे बोका उत्पादन हुने छन् ।’ पशुस्वास्थ्यकर्मीको सुझाव सल्लाह बमोजिम काम गर्दै आएकाले आफ्नो पेशा व्यवसायीक रुपमा सफल हुने उनले दावी गरे ।

 

प्रतिक्रिया